Linkedprime
Technology

रास्वपा विस्तारित बैठकमा के हुँदैछ ?

सेयर मार्केट्स English edition सबै रिज्ल्ट हेर्नुस ट्रेन्डिङ + ताजा अपडेट + Skip to content जीवनशैली प्रमुख जब वैज्ञानिकहरू नै तालभित्र ‘भूत’ खोज्न लागिपरे… जीवनशैली प्रमुख एक शताब्दी बन्द रहेको चीनको ‘छियान्लोङ बगैंचा’ खुला जीवनशैली प्रमुख बालबालिकालाई राजनीतिक आन्दोलन र निर्वाचनमा प्रयोग नगर्न माग के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ? चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? मोटोपनबाट कसरी छुट्कारा पाउने ? अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए प्रदेश समाचार काभ्रेको बनेपामा १२ वर्षे नरदेवी नाच (तस्वीर) अन्तर्राष्ट्रिय समाचार अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घटेको राष्ट्रसंघीय प्रतिवेदन सूचना प्रविधि अन्तरिक्षमा एआई डेटा सेन्टर बनाउँदै गुगल कविता : यो देश बिक्रीमा छ अन्तर्वार्ता युजन राजभण्डारीलाई प्रश्न : जेनजी फ्रन्ट दलमा रूपान्तरण हुन्छ ? हाम्रो नेपाल, राम्रो नेपाल मेरो प्यारो ओखलढुंगा (तस्वीरहरू) सेयर मार्केट्स सबै रिज्ल्ट हेर्नुस रास्वपा विस्तारित बैठकमा के हुँदैछ ? २०८२ कात्तिक२१ गते ६:२३ २१ कात्तिक, चितवन । चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु हुँदै छ । २१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ । शुक्रबार बिहान ८ बजेदेखि विस्तारित बैठक सुरु गर्ने तयारी छ । त्यसका लागि अधिकांश प्रतिनिधिहरू बैठकमा सहभागी हुन विहीबार राति नै सौराहा आइसकेका छन् । रास्वपाले विहीबार सौराहामा पत्रकार सम्मेलन आयोजना गरी बैठकको तयारी पूरा भएको जनाएको छ । बैठक उदघाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले राजनीतिक र अर्का उपसभापति डा.स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्नेछन् । साथै, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधी सम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् । बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी हुनेछन् । बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारेमा धारणा राख्नेछन् । बैठकमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव राख्ने र ती सुझावलाई समेत समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठक सकिने रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए । बैठकमा सो पार्टीले आगामी फागुनमा तोकेको महाधिवेशनका बारेमा पनि छलफल जनाइएको छ । फागुनमा निर्वाचन गर्ने सरकारको तयारीसँगै महाधिवेशन के गर्ने भन्ने बारेमा पनि निर्णय लिइने नेताहरूले जनाएका छन् । विस्तारित बैठकमा पार्टी संरचनाको पुनर्गठन, विगतमा अंगिकार गरेका विधि, रणनीति, सांगठनिक कमजोरी भावी रणनीति लगायतमा सघन बहस हुने नेताहरूले जानकारी गराएका छन् । पार्टी संरचनाको गठन पुनर्गठन जस्ता विषयमा पनि छलफल हुने बताइएको छ । वैकल्पिक राजनीतिक शक्ति निर्माणका बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ । पार्टी प्रवक्ता मनिष झाले पार्टीभित्र आउने फरक–फरक धारणालाई सम्मान गर्ने र सबैले आफ्ना धारणा राख्न पाउने बताए । जेनजी आन्दोलनका क्रममा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केपछि उत्पन्न भएको विवादका बारेमा समेत र देखिएको विग्रहका बारेमा समेत पार्टीको धारणा आउने जनाइएको छ । जेनजी आन्दोलनपछि पार्टीको भावी कार्यदिशा तय हुने प्रवक्ता झाले बताए । प्रतिनिधिलाई खानाको व्यवस्था, आवासको जिम्मा आफ्नै रास्वपाको विस्तारित बैठकमा सहभागी प्रतिनिधिहरूलाई खानाको व्यवस्थापन गरिएको छ भने आवासको व्यवस्थापन आफैंले गर्न भनिएको छ । दुई दिनको खाना र खाजा पार्टीले नै व्यवस्थापन गर्नेछ भने आवासको व्यवस्थापन प्रतिनिधि आफैंले गर्नेछन् । खाना र खाजाका लागि हरेक प्रतिनिधिबाट १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । हल परिसरमा नै क्याटरिङ लगाएर पकाउने र खाने व्यवस्था गरिएको रास्वपका जिल्ला सभापति कृष्णप्रसाद भुषालले बताए । उनले प्रतिनिधिहरूलाई आवासको व्यवस्थापनको संयोजन पनि भइरहेको बताए । सौराहाको होटलमा साधारण कोठाको १ हजार, मध्यम खालको कोठाको २ हजार र अलि बढी सुविधायुक्त कोठाको ३ हजार रकम दिने सहमति भएको छ । कसैले स्वेच्छिक रूपमा बस्न चाहे सो अनुसार बस्न सक्नेछन् । विस्तारित बैठकको व्यवस्थापनका लागि पूर्वसांसद हरि ढकालको नेतृत्वमा १७ सदस्यीय मूल समिति र ७ वटा उपसमिति गठन गरिएको छ । रास्वपा विस्तारित बैठक यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Forgot Password? Send Password Reset Link प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties Chappal Karkhana House for Sale in Chappal Karkhana Rs. 5.25 CrTotal Amount Bungalow House for Sale at Lasuntar Rs. 4.8 CrTotal Amount House for Sale at Sanagaun Rs. 4.5 CrTotal Amount Ganesh Chowk House for Sale at Ganesh Chowk Rs. 8.4 CrTotal Amount House for Sale at Imadol Rs. 3.9 CrTotal Amount Shital Height Beautiful House for Sale at Shital Height Rs. 4.75 CrTotal Amount Shital Height Duplex House for Sale at Shital Height Rs. 3.95 CrTotal Amount House for Rent at Dhumbarahi Rs. 1.5 LacPer Month Bungalow House for rent at Dhumbarahi Rs. 2 LacPer Month House for Sale in Imadol Rs. 3.3 CrTotal Amount Land on sale at Balkot Rs. 38 LacPer Aana House for Sale in Imadol Rs. 2.4 CrTotal Amount Land on sale at Sirutar Rs. 31 LacPer Aana Duplex House for Sale at Tikathali Rs. 2.8 CrTotal Amount Bishalnagar 4 BHK Spacious Apartment for Sale in Bishalnagar Rs. 5 CrTotal Amount सम्बन्धित खबर आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सानो भाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स खेलकुदमन्त्रीलाई नासा नेपालको सुझाव ‘जारी २’ शुक्रबारदेखि : नेपालमा २५८ शोज, विदेशमा १९२ लोकेसनमा रिलिज हुने काभ्रेको बनेपामा १२ वर्षे नरदेवी नाच (तस्वीर) पाकिस्तान फाइनल नपुगे टी–२० विश्वकपको फाइनल अहमदाबादमा हुने Advertisment सिफारिस जाँचबुझमा असहयोग गरेको भन्दै आईजीपी खापुङलाई ५ सय रुपैयाँ जरिबानाको प्रस्ताव एमालेको आन्तरिक प्रतिगमन, चुनाव छाडेर आन्दोलन जेनजी खोज्दैछन् रूपान्तरण, बन्दैछ वृद्धहरूको गठबन्धन न्युयोर्कतिर हेर, राजनीति बदलिंदैछ ११ लाखको जागिर छोडेर दुबईमा १ अर्बको कम्पनी प्रधानमन्त्री कार्कीको चुनावी ‘ब्लूप्रिन्ट’ राजनीतिको धमिलो पानी र सम्भावित ५ परिदृश्य धेरै कमेन्ट गरिएका के हेलमेट लगाउँदा कपाल झर्छ ? विश्वभर लोकप्रिय ७ स्वादिष्ट परिकार ‘कार्डियाक अरेस्ट’ कसरी मृत्युको कारण बन्न सक्छ ? धर्तीबाट लोप भएका १० शहर विश्वका सबैभन्दा महँगो १० शहर छुटाउनुभयो कि ? विचार/ब्लग अन्तर्वार्ता जीवनशैली/स्वास्थ्य अन्तर्राष्ट्रिय बैंक / वित्त सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 Aaha RARA Pokhara gold cup Nepal Super League - 2080 अनलाइनखबर सूची चालीस मुनिका चालीस- २०८२ नेपालका ५० प्रभावशाली महिला २०८१ नेपालका ५० प्रभावशाली महिला २०८० चालीस मुनिका चालीस- २०८१ फ्रन्टलाइन हिरोज् प्रीति टु युनिकोड कन्भर्टर युनिकोड टु प्रीति कन्भर्टर विशेष शृङ्खला सहकारी संकट विशेष लघुवित्त संकट विशेष संसद् विघटन विशेष निर्वाचन २०७४ स्थानीय चुनाव २०७९ निर्वाचन २०७९ एमाले महाधिवेशन विश्वकप २०२२ दशैं-बसैं २०८१ हाम्रो टिम प्रयोगका सर्त प्राइभेसी पोलिसी अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल प्रधान सम्पादक: बसन्त बस्नेत सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४ +977-1-4790176, +977-1-4796489 news@onlinekhabar.com © २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित Remenber me Forgot password? Not have account yet? Signup Now Or use Social Media? Forgot Password? Send Password Reset Link कृपया ध्यान दिनुहोस्: अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ । आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ । यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ । रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् । User Registration Form Confirm Password Display Name Phone / Mobile Or use Social Media?

रास्वपा विस्तारित बैठकमा के हुँदैछ ?

सेयर मार्केट्स

English edition

सबै रिज्ल्ट हेर्नुस

ट्रेन्डिङ +

ताजा अपडेट +

Skip to content

जीवनशैली प्रमुख

जब वैज्ञानिकहरू नै तालभित्र ‘भूत’ खोज्न लागिपरे…

जीवनशैली प्रमुख

एक शताब्दी बन्द रहेको चीनको ‘छियान्लोङ बगैंचा’ खुला

जीवनशैली प्रमुख

बालबालिकालाई राजनीतिक आन्दोलन र निर्वाचनमा प्रयोग नगर्न माग

के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ?

चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?

मोटोपनबाट कसरी छुट्कारा पाउने ?

अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन

सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन

निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए

प्रदेश समाचार

काभ्रेको बनेपामा १२ वर्षे नरदेवी नाच (तस्वीर)

अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घटेको राष्ट्रसंघीय प्रतिवेदन

सूचना प्रविधि

अन्तरिक्षमा एआई डेटा सेन्टर बनाउँदै गुगल

कविता : यो देश बिक्रीमा छ

अन्तर्वार्ता

युजन राजभण्डारीलाई प्रश्न : जेनजी फ्रन्ट दलमा रूपान्तरण हुन्छ ?

हाम्रो नेपाल, राम्रो नेपाल

मेरो प्यारो ओखलढुंगा (तस्वीरहरू)

सेयर मार्केट्स

सबै रिज्ल्ट हेर्नुस

रास्वपा विस्तारित बैठकमा के हुँदैछ ?

२०८२ कात्तिक२१ गते ६:२३

२१ कात्तिक, चितवन । चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु हुँदै छ । २१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ ।

शुक्रबार बिहान ८ बजेदेखि विस्तारित बैठक सुरु गर्ने तयारी छ । त्यसका लागि अधिकांश प्रतिनिधिहरू बैठकमा सहभागी हुन विहीबार राति नै सौराहा आइसकेका छन् । रास्वपाले विहीबार सौराहामा पत्रकार सम्मेलन आयोजना गरी बैठकको तयारी पूरा भएको जनाएको छ ।

बैठक उदघाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले राजनीतिक र अर्का उपसभापति डा.स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्नेछन् ।

साथै, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधी सम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् ।

बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी हुनेछन् ।

बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारेमा धारणा राख्नेछन् ।

बैठकमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव राख्ने र ती सुझावलाई समेत समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठक सकिने रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।

बैठकमा सो पार्टीले आगामी फागुनमा तोकेको महाधिवेशनका बारेमा पनि छलफल जनाइएको छ । फागुनमा निर्वाचन गर्ने सरकारको तयारीसँगै महाधिवेशन के गर्ने भन्ने बारेमा पनि निर्णय लिइने नेताहरूले जनाएका छन् ।

विस्तारित बैठकमा पार्टी संरचनाको पुनर्गठन, विगतमा अंगिकार गरेका विधि, रणनीति, सांगठनिक कमजोरी भावी रणनीति लगायतमा सघन बहस हुने नेताहरूले जानकारी गराएका छन् ।

पार्टी संरचनाको गठन पुनर्गठन जस्ता विषयमा पनि छलफल हुने बताइएको छ । वैकल्पिक राजनीतिक शक्ति निर्माणका बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

पार्टी प्रवक्ता मनिष झाले पार्टीभित्र आउने फरक–फरक धारणालाई सम्मान गर्ने र सबैले आफ्ना धारणा राख्न पाउने बताए ।

जेनजी आन्दोलनका क्रममा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केपछि उत्पन्न भएको विवादका बारेमा समेत र देखिएको विग्रहका बारेमा समेत पार्टीको धारणा आउने जनाइएको छ । जेनजी आन्दोलनपछि पार्टीको भावी कार्यदिशा तय हुने प्रवक्ता झाले बताए ।

प्रतिनिधिलाई खानाको व्यवस्था, आवासको जिम्मा आफ्नै

रास्वपाको विस्तारित बैठकमा सहभागी प्रतिनिधिहरूलाई खानाको व्यवस्थापन गरिएको छ भने आवासको व्यवस्थापन आफैंले गर्न भनिएको छ ।

दुई दिनको खाना र खाजा पार्टीले नै व्यवस्थापन गर्नेछ भने आवासको व्यवस्थापन प्रतिनिधि आफैंले गर्नेछन् ।

खाना र खाजाका लागि हरेक प्रतिनिधिबाट १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । हल परिसरमा नै क्याटरिङ लगाएर पकाउने र खाने व्यवस्था गरिएको रास्वपका जिल्ला सभापति कृष्णप्रसाद भुषालले बताए । उनले प्रतिनिधिहरूलाई आवासको व्यवस्थापनको संयोजन पनि भइरहेको बताए ।

सौराहाको होटलमा साधारण कोठाको १ हजार, मध्यम खालको कोठाको २ हजार र अलि बढी सुविधायुक्त कोठाको ३ हजार रकम दिने सहमति भएको छ ।

कसैले स्वेच्छिक रूपमा बस्न चाहे सो अनुसार बस्न सक्नेछन् । विस्तारित बैठकको व्यवस्थापनका लागि पूर्वसांसद हरि ढकालको नेतृत्वमा १७ सदस्यीय मूल समिति र ७ वटा उपसमिति गठन गरिएको छ ।

रास्वपा विस्तारित बैठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

Login to comment

Remenber me

Forgot password?

खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस्

वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस्

Forgot Password?

Send Password Reset Link

प्रतिक्रिया 4

प्रतिक्रिया

Hot Properties

Chappal Karkhana

House for Sale in Chappal Karkhana

Rs. 5.25 CrTotal Amount

Bungalow House for Sale at Lasuntar

Rs. 4.8 CrTotal Amount

House for Sale at Sanagaun

Rs. 4.5 CrTotal Amount

Ganesh Chowk

House for Sale at Ganesh Chowk

Rs. 8.4 CrTotal Amount

House for Sale at Imadol

Rs. 3.9 CrTotal Amount

Shital Height

Beautiful House for Sale at Shital Height

Rs. 4.75 CrTotal Amount

Shital Height

Duplex House for Sale at Shital Height

Rs. 3.95 CrTotal Amount

House for Rent at Dhumbarahi

Rs. 1.5 LacPer Month

Bungalow House for rent at Dhumbarahi

Rs. 2 LacPer Month

House for Sale in Imadol

Rs. 3.3 CrTotal Amount

Land on sale at Balkot

Rs. 38 LacPer Aana

House for Sale in Imadol

Rs. 2.4 CrTotal Amount

Land on sale at Sirutar

Rs. 31 LacPer Aana

Duplex House for Sale at Tikathali

Rs. 2.8 CrTotal Amount

Bishalnagar

4 BHK Spacious Apartment for Sale in Bishalnagar

Rs. 5 CrTotal Amount

सम्बन्धित खबर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

सानो भाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स

खेलकुदमन्त्रीलाई नासा नेपालको सुझाव

‘जारी २’ शुक्रबारदेखि : नेपालमा २५८ शोज, विदेशमा १९२ लोकेसनमा रिलिज हुने

काभ्रेको बनेपामा १२ वर्षे नरदेवी नाच (तस्वीर)

पाकिस्तान फाइनल नपुगे टी–२० विश्वकपको फाइनल अहमदाबादमा हुने

Advertisment

सिफारिस

जाँचबुझमा असहयोग गरेको भन्दै आईजीपी खापुङलाई ५ सय रुपैयाँ जरिबानाको प्रस्ताव

एमालेको आन्तरिक प्रतिगमन, चुनाव छाडेर आन्दोलन

जेनजी खोज्दैछन् रूपान्तरण, बन्दैछ वृद्धहरूको गठबन्धन

न्युयोर्कतिर हेर, राजनीति बदलिंदैछ

११ लाखको जागिर छोडेर दुबईमा १ अर्बको कम्पनी

प्रधानमन्त्री कार्कीको चुनावी ‘ब्लूप्रिन्ट’

राजनीतिको धमिलो पानी र सम्भावित ५ परिदृश्य

धेरै कमेन्ट गरिएका

के हेलमेट लगाउँदा कपाल झर्छ ?

विश्वभर लोकप्रिय ७ स्वादिष्ट परिकार

‘कार्डियाक अरेस्ट’ कसरी मृत्युको कारण बन्न सक्छ ?

धर्तीबाट लोप भएका १० शहर

विश्वका सबैभन्दा महँगो १० शहर

छुटाउनुभयो कि ?

विचार/ब्लग

अन्तर्वार्ता

जीवनशैली/स्वास्थ्य

अन्तर्राष्ट्रिय

बैंक / वित्त

सूचना-प्रविधि

खेलकुद लाईभ

एनपीएल २०८१

ICC Men T20 World Cup 2024

Aaha RARA Pokhara gold cup

Nepal Super League - 2080

अनलाइनखबर सूची

चालीस मुनिका चालीस- २०८२

नेपालका ५० प्रभावशाली महिला २०८१

नेपालका ५० प्रभावशाली महिला २०८०

चालीस मुनिका चालीस- २०८१

फ्रन्टलाइन हिरोज्

प्रीति टु युनिकोड कन्भर्टर

युनिकोड टु प्रीति कन्भर्टर

विशेष शृङ्खला

सहकारी संकट विशेष

लघुवित्त संकट विशेष

संसद् विघटन विशेष

निर्वाचन २०७४

स्थानीय चुनाव २०७९

निर्वाचन २०७९

एमाले महाधिवेशन

विश्वकप २०२२

दशैं-बसैं २०८१

हाम्रो टिम

प्रयोगका सर्त

प्राइभेसी पोलिसी

अध्यक्ष तथा प्रबन्ध निर्देशक:
धर्मराज भुसाल

प्रधान सम्पादक:
बसन्त बस्नेत

सूचना विभाग दर्ता नं.
२१४ / ०७३–७४

+977-1-4790176, +977-1-4796489

news@onlinekhabar.com

© २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

Remenber me

Forgot password?

Not have account yet? Signup Now

Or use Social Media?

Forgot Password?

Send Password Reset Link

कृपया ध्यान दिनुहोस्:

अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।

आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।

यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।

रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

User Registration Form

Confirm Password

Display Name

Phone / Mobile

Or use Social Media?

Related Articles