Technology

हामीलाई असफल हुने छुट छैन

सेयर मार्केट्स English edition सबै रिज्ल्ट हेर्नुस ट्रेन्डिङ + ताजा अपडेट + Skip to content जीवनशैली प्रमुख जलरङ कलाकारहरूको ‘चित्रण’ कला प्रदर्शनी भोलिदेखि जीवनशैली प्रमुख दुई डाक्टरको प्रेम, जब बिहे चारतारे होटलबाटै गर्नुपर्ने दबाब आयो धुर्मुसले सिंहदरबार भित्र भने, ‘मलाई यहीं मर्न दिनुहोस्’ के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ? चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? मोटोपनबाट कसरी छुट्कारा पाउने ? अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए प्रदेश समाचार रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प अन्तर्राष्ट्रिय समाचार पेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु सूचना प्रविधि आइफोनले ल्याउँदैछ स्याटेलाइट फिचर, नेटवर्क नहुँदा पनि मेसेज पठाउन सकिने ‘जिपमा आएको व्यक्तिले बाटोमा दुईवटा सिंह देखें’ भनेपछि पिसाब चुहिएला जस्तो भयो’ अन्तर्वार्ता ‘नाम मात्रका लोकतान्त्रिक पार्टीको विकल्प लिएर आउँदैछौं’ हाम्रो नेपाल, राम्रो नेपाल मेरो प्यारो ओखलढुंगा (तस्वीरहरू) सेयर मार्केट्स सबै रिज्ल्ट हेर्नुस हामीलाई असफल हुने छुट छैन हामीले सरकार सम्हाल्दा अन्योलको अवस्था थियो, अहिले शान्तिसुरक्षा बहाल भएको छ । ओमप्रकाश अर्याल, गृहमन्त्री २०८२ कात्तिक२७ गते १४:२० News Summary Generated by OK AI. Editorially reviewed. भाद्र २३ र २४ गतेको जेन–जी पुस्ताबाट भएको प्रदर्शनपश्चात् सरकारले शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएको छ। सरकारले प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरी परिवारलाई १५ लाख राहत उपलब्ध गराएको छ। फरार भएका १४,५५४ कैदीबन्दीमध्ये ९,५४१ जनालाई फिर्ता ल्याइएको र बाँकी ५,०१३ जनाको खोजी तीव्र बनाइएको छ। भाद्र २३ र २४ गते जेन–जी पुस्ताबाट भएको प्रदर्शनपश्चात् देश एउटा विषम परिस्थितिमा थियो । निर्वाचित प्रधानमन्त्रीले राजीनामा दिएको अवस्था थियो । ठूलो जनधनको क्षतिका कारण मानिसहरू आफूलाई असुरक्षित महसुस गरिरहेका थिए । राष्ट्रपतिज्यूबाट आगामी २१ फागुनमा निर्वाचनको अभिभारासहित नयाँ सरकारको गठन भएको यहाँहरू सबैमा अवगतै छ । त्यस विषम परिस्थितिमा सरकारलाई अवस्थालाई सामान्यीकरण गर्ने, जेन–जी पुस्ताका सुशासन, भ्रष्टाचार नियन्त्रण लगायतका मागलाई अघि बढाउँदै निर्वाचनसम्पन्न गर्नुपर्ने दायित्व थियो । त्यही अभिभारालाई आत्मसात् गर्दै गृह मन्त्रालयले आफ्ना कार्यहरू अगाडि बढाइरहेको छ । हामीले सरकार सम्हाल्दा अन्योलको अवस्था थियो । फेरि पनि यस्तै रक्तपातपूर्ण अवस्था आउँछ कि भन्ने त्रास थियो । हामी त्यस्तो अवस्था नआउने तर्फ लाग्यौं । सुरक्षा निकायका पूर्वाधारहरू क्षति भएका थिए । उनीहरूको मनोबल कमजोर रहेको अवस्था थियो । नेपाल प्रहरीको मात्र ४६५ युनिटहरूमा क्षति पुगेकोमा हालसम्म ४४८ वटा संचालनमा आइसकेका छन् । त्यस्तै, क्षति पुगेका १० जिल्ला प्रशासन कार्यालय र ४ वटा इलाका प्रशासन कार्यालयहरूको सेवालाई सूचारु गरिएको छ । जेन–जी युवाहरूसमेतको सहभागितामा गृह मन्त्रालयमा सहायता कक्षको स्थापना गरी सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई सहजीकरण गरिएको थियो, जसलाई हालसम्म निरन्तरता दिइएको छ । करिब २ महिनाको अविधमा हामीले शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएका छौं । जेन–जी प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिनगरी प्रतिवेदन पेश गर्न न्यायिक छानबिन आयोग गठन गरिएको छ । त्यसैगरी आपराधिक कार्यमा संलग्न ४२९ जनालाई पक्राउ गरि विभिन्न मुद्दा शीर्षकमा हालसम्म १६८ वटा मुद्दा दर्ता भैसकेको छ । भाद्र २३ र २४ गतेको घटनापश्चात लुटिएका/हराएका सुरक्षाकर्मीका हतियार मध्ये ७१८ थान सुरक्षाकर्मीको नियन्त्रणमा ल्याइसकिएको छ । र, बाँकी हतियार फिर्ता ल्याउन सुरक्षा निकायहरूबाट संयुक्त अपरेशन संचालनगरी खोजी कार्यलाई तीव्र बनाइएको छ । प्रदर्शनको क्रममा मृत्यु भएका परिवारलाई १५ लाख राहत उपलब्ध गराइएको छ । प्रदर्शनमा सहादत प्राप्त गर्ने ३ जना अमर प्रहरी र ४२ जना जेनजी सुशासन योद्धा गरी कूल ४५ जनालाई शहीद घोषणा गरिएको छ । घाइतेहरूको पहिचान र उपचारलाई सहजीकरण गर्न परिचयपत्र वितरण गर्ने, घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था मिलाइएको, घाइतेहरूलाई तत्काल राहतको लागि भैपरी खर्च उपलब्ध गराइएको, पुन: चेकजाँचमा जानुपर्ने अवस्थामा नि:शुल्क एम्बुलेन्सको व्यवस्था मिलाइएको छ । त्यसैगरी, घाइतेहरूलाई राहतका लागि निजहरूको वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । घाइतेहरूको उपचारमा आवश्यक समन्वय गर्न घाइतेहरूको समेत सहभागितामा गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समन्वय समिति गठन गरी कार्य गर्दै आइएको छ । भाद्र २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट कुल १४, ५५४ कैदीबन्दीहरू फरार भएकोमा हालसम्म ९, ५४१ जना फिर्ता ल्याइसकिएको र ५,०१३ जना पक्राउ गर्न बाँकी रहेको छ । फरार कैदीहरू पक्राउ गर्न निजहरूको सूची सार्वजनिक गरिएको छ । त्यस्ता फरार कैदीहरू सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा प्रदान नगर्न सबै निकायहरूमा पत्राचार गरिएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरूमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोजतलासलाई तीब्रता दिइएको छ । त्यस्तै, सुरक्षा निकाय मार्फत फरार कैदी बन्दीको खोजिको लागि विशेष अपरेसन चलाउने कार्यलाई अघि बढाइएको छ । फरार कैदी बन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा लिई सरकार गम्भिरतापूर्वक अघि बढेको छ । सम्पूर्ण चुनौतिहरूलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ र यसमा सर्वसाधारण सबैको साथ, सहयोग र सहकार्य अपरिहार्य रहेको व्यहोरा समेत अनुरोध छ । आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी हो । हामीलाई प्राप्त जिम्मेवारी अनुसार समयमै निर्वाचन सम्पन्न गरेर छिटो भन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सुम्पन हामी आतुर छौं । युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन २०७३ लाई संशोधन गरिएको छ । निर्वाचनको आयोगको तथ्यांक अनुसार यसबाट २ लाख बढी मतदाता थप भएका छन् । निर्वाचनको लागि सुरक्षा निकायका लागि आवश्यक पर्ने श्रोत र साधनको कतिपय व्यवस्थापन भैसकेको र कतिपय व्यवस्थापन हुने क्रममा रहेको छ । निर्वाचन तयारीका सम्बन्धमा भैरहेका थप कार्यहरू देहाय बमोजिम रहेका छन् : ▪ स्वच्छ, निस्पक्ष, निर्वाचन सम्पन्न राजनैतिक दलहरू, कुटनीतिक नियोगका प्रमुखहरू लगायतसँग विभिन्न तहमा छलफल एवं परामर्श गरिएको, ▪ सबै सुरक्षा निकायको समन्वयमा संयुक्त सुरक्षा गस्ती शुरु गरिएको, ▪ निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन भएको र सो समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ, जसलाई केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत गरी कार्यान्वयमा ल्याइनेछ, ▪ विदेशमा रहेका नेपालीलाई समेत मताधिकारको अधिकार प्रदान गर्ने सम्बन्धमा कानून संशोधनको गृहकार्य अगाडि बढेको छ भने यसको प्राविधिक र व्यवस्थापकीय सम्भाव्यताको अध्ययन गरी सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी सुम्पिएको छ । प्रतिष्ठानले सरोकारवालाहरूसँग छलफल गरी अन्तराष्ट्रिय अभ्यास समेतका आधारमा आफ्नो प्रतिवेदन पेश गर्नेछ । ▪ जिल्ला सुरक्षा समिति मार्फत मतदान केन्द्रहरूको जोखिम मूल्यांकनगरी प्रतिवेदन पेश भएको छ । साविकमा रहेका तर हाल क्षतिग्रस्त मतदान केन्द्रको स्थानीय पालिकासँगको समन्वयमा पुनर्निर्माणको कार्य गरिएको छ । यस सरकारसँग सबैको उच्च अपेक्षा रहेको छ । छोटो अवधिको बावजुद हामी जनताका आकांक्षाहरूलाई कानूनको परिधिभित्र रही अधिकतम हासिल गर्न प्रयासरत रहने छौं । हामीलाई असफल हुने छुट नभएको हुँदा सबैबाट आगामी दिनमा हालको जस्तै साथ र सहयोग रहने कुरामा हामी विश्वस्त छौं । (राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार गृहमन्त्री अर्यालले दिएको अभिव्यक्तिको सम्पादित अंश) गृहमन्त्री ओमप्रकाश अर्याल यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Forgot Password? Send Password Reset Link प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties House for Sale at Sanagaun Rs. 4.5 CrTotal Amount House for Rent at Budhanilkantha Rs. 4.2 LacPer Month House for Sale at Imadol Rs. 2.9 CrTotal Amount 3 BHK Apartment for Sale in Naxal Rs. 4 CrTotal Amount House for sale at Imadol Rs. 2.75 CrTotal Amount House for Sale at Siddhipur Rs. 2.25 CrTotal Amount Shital Height Duplex House for Sale at Shital Height Rs. 4.5 CrTotal Amount Ochu Height House on sale at Ochu Height Rs. 5.25 CrTotal Amount Shital Height House for Sale in Shital Height Rs. 4.9 CrTotal Amount Duplex House for Sale in Tikathali Rs. 3.75 CrTotal Amount Bhandari Marg House for Sale in Bhandari Marg Rs. 2.55 CrTotal Amount House for Sale at Imadol Rs. 3.35 CrTotal Amount House for sale at Pasikot Rs. 4.5 CrTotal Amount Budhanilkantha House for Sale Rs. 3.85 CrTotal Amount House for Sale in Chhauni Rs. 8.49 CrTotal Amount House for Rent in Dhumbarahi Rs. 4 LacPer Month सम्बन्धित खबर मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको विदाइ भेट मधेशको सुरक्षा अवस्था बुझ्दै गृहमन्त्री अर्याल राजनीतिक दबाबमा आरोपित छोडेको विषयमा गृहमन्त्रीको चासो, आईजीपीलाई फोन दलका नेतालाई गृहमन्त्रीको सुझाव– पार्टीमा अरु पनि योग्य छन् भन्ने बोध गर्नुस् गृहमन्त्री अर्याल र चिनियाँ राजदूत चेनसाँगबीच भेटवार्ता विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल Advertisment सिफारिस राजनीति कुलमानको, परीक्षा प्रधानमन्त्रीको बिहारमा नेपाली बुहारीको मताधिकार खोसियो, भाजपाले बनायो चुनावी मसला टालेको झोला बोकेर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने ‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’ न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू रहरको पदयात्रा, कहरको मृत्यु चुनावी सुरक्षा रणनीति बनाउने गृहकार्य सुरु, हतियार र फरार कैदी मुख्य थ्रेट धेरै कमेन्ट गरिएका के ह्वेलले गीत गाउँछ ? फिनल्यान्डको शिक्षा किन विश्वकै उत्कृष्ट मानिन्छ, कसरी पढाइन्छ ? ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ? कस्ता श्रीमान् रुचाउँछन् महिला ? मान्छेले किन यौनको बारेमा बढी सोच्छ ? छुटाउनुभयो कि ? विचार/ब्लग अन्तर्वार्ता जीवनशैली/स्वास्थ्य अन्तर्राष्ट्रिय बैंक / वित्त सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 Aaha RARA Pokhara gold cup Nepal Super League - 2080 अनलाइनखबर सूची चालीस मुनिका चालीस- २०८२ नेपालका ५० प्रभावशाली महिला २०८१ नेपालका ५० प्रभावशाली महिला २०८० चालीस मुनिका चालीस- २०८१ फ्रन्टलाइन हिरोज् प्रीति टु युनिकोड कन्भर्टर युनिकोड टु प्रीति कन्भर्टर विशेष शृङ्खला सहकारी संकट विशेष लघुवित्त संकट विशेष संसद् विघटन विशेष निर्वाचन २०७४ स्थानीय चुनाव २०७९ निर्वाचन २०७९ एमाले महाधिवेशन विश्वकप २०२२ दशैं-बसैं २०८१ हाम्रो टिम प्रयोगका सर्त प्राइभेसी पोलिसी अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल प्रधान सम्पादक: बसन्त बस्नेत सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४ +977-1-4790176, +977-1-4796489 news@onlinekhabar.com © २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित Remenber me Forgot password? Not have account yet? Signup Now Or use Social Media? Forgot Password? Send Password Reset Link कृपया ध्यान दिनुहोस्: अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ । आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ । यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ । रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् । User Registration Form Confirm Password Display Name Phone / Mobile Or use Social Media?

हामीलाई असफल हुने छुट छैन

सेयर मार्केट्स

English edition

सबै रिज्ल्ट हेर्नुस

ट्रेन्डिङ +

ताजा अपडेट +

Skip to content

जीवनशैली प्रमुख

जलरङ कलाकारहरूको ‘चित्रण’ कला प्रदर्शनी भोलिदेखि

जीवनशैली प्रमुख

दुई डाक्टरको प्रेम, जब बिहे चारतारे होटलबाटै गर्नुपर्ने दबाब आयो

धुर्मुसले सिंहदरबार भित्र भने, ‘मलाई यहीं मर्न दिनुहोस्’

के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ?

चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?

मोटोपनबाट कसरी छुट्कारा पाउने ?

अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन

सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन

निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए

प्रदेश समाचार

रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

अन्तर्राष्ट्रिय समाचार

पेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु

सूचना प्रविधि

आइफोनले ल्याउँदैछ स्याटेलाइट फिचर, नेटवर्क नहुँदा पनि मेसेज पठाउन सकिने

‘जिपमा आएको व्यक्तिले बाटोमा दुईवटा सिंह देखें’ भनेपछि पिसाब चुहिएला जस्तो भयो’

अन्तर्वार्ता

‘नाम मात्रका लोकतान्त्रिक पार्टीको विकल्प लिएर आउँदैछौं’

हाम्रो नेपाल, राम्रो नेपाल

मेरो प्यारो ओखलढुंगा (तस्वीरहरू)

सेयर मार्केट्स

सबै रिज्ल्ट हेर्नुस

हामीलाई असफल हुने छुट छैन

हामीले सरकार सम्हाल्दा अन्योलको अवस्था थियो, अहिले शान्तिसुरक्षा बहाल भएको छ ।

ओमप्रकाश अर्याल, गृहमन्त्री

२०८२ कात्तिक२७ गते १४:२०

News Summary
Generated by OK AI. Editorially reviewed.

भाद्र २३ र २४ गतेको जेन–जी पुस्ताबाट भएको प्रदर्शनपश्चात् सरकारले शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएको छ।

सरकारले प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरी परिवारलाई १५ लाख राहत उपलब्ध गराएको छ।

फरार भएका १४,५५४ कैदीबन्दीमध्ये ९,५४१ जनालाई फिर्ता ल्याइएको र बाँकी ५,०१३ जनाको खोजी तीव्र बनाइएको छ।

भाद्र २३ र २४ गते जेन–जी पुस्ताबाट भएको प्रदर्शनपश्चात् देश एउटा विषम परिस्थितिमा थियो । निर्वाचित प्रधानमन्त्रीले राजीनामा दिएको अवस्था थियो । ठूलो जनधनको क्षतिका कारण मानिसहरू आफूलाई असुरक्षित महसुस गरिरहेका थिए । राष्ट्रपतिज्यूबाट आगामी २१ फागुनमा निर्वाचनको अभिभारासहित नयाँ सरकारको गठन भएको यहाँहरू सबैमा अवगतै छ । त्यस विषम परिस्थितिमा सरकारलाई अवस्थालाई सामान्यीकरण गर्ने, जेन–जी पुस्ताका सुशासन, भ्रष्टाचार नियन्त्रण लगायतका मागलाई अघि बढाउँदै निर्वाचनसम्पन्न गर्नुपर्ने दायित्व थियो । त्यही अभिभारालाई आत्मसात् गर्दै गृह मन्त्रालयले आफ्ना कार्यहरू अगाडि बढाइरहेको छ ।

हामीले सरकार सम्हाल्दा अन्योलको अवस्था थियो । फेरि पनि यस्तै रक्तपातपूर्ण अवस्था आउँछ कि भन्ने त्रास थियो । हामी त्यस्तो अवस्था नआउने तर्फ लाग्यौं । सुरक्षा निकायका पूर्वाधारहरू क्षति भएका थिए । उनीहरूको मनोबल कमजोर रहेको अवस्था थियो । नेपाल प्रहरीको मात्र ४६५ युनिटहरूमा क्षति पुगेकोमा हालसम्म ४४८ वटा संचालनमा आइसकेका छन् ।

त्यस्तै, क्षति पुगेका १० जिल्ला प्रशासन कार्यालय र ४ वटा इलाका प्रशासन कार्यालयहरूको सेवालाई सूचारु गरिएको छ ।

जेन–जी युवाहरूसमेतको सहभागितामा गृह मन्त्रालयमा सहायता कक्षको स्थापना गरी सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई सहजीकरण गरिएको थियो, जसलाई हालसम्म निरन्तरता दिइएको छ । करिब २ महिनाको अविधमा हामीले शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएका छौं ।

जेन–जी प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिनगरी प्रतिवेदन पेश गर्न न्यायिक छानबिन आयोग गठन गरिएको छ । त्यसैगरी आपराधिक कार्यमा संलग्न ४२९ जनालाई पक्राउ गरि विभिन्न मुद्दा शीर्षकमा हालसम्म १६८ वटा मुद्दा दर्ता भैसकेको छ ।

भाद्र २३ र २४ गतेको घटनापश्चात लुटिएका/हराएका सुरक्षाकर्मीका हतियार मध्ये ७१८ थान सुरक्षाकर्मीको नियन्त्रणमा ल्याइसकिएको छ । र, बाँकी हतियार फिर्ता ल्याउन सुरक्षा निकायहरूबाट संयुक्त अपरेशन संचालनगरी खोजी कार्यलाई तीव्र बनाइएको छ ।

प्रदर्शनको क्रममा मृत्यु भएका परिवारलाई १५ लाख राहत उपलब्ध गराइएको छ । प्रदर्शनमा सहादत प्राप्त गर्ने ३ जना अमर प्रहरी र ४२ जना जेनजी सुशासन योद्धा गरी कूल ४५ जनालाई शहीद घोषणा गरिएको छ ।

घाइतेहरूको पहिचान र उपचारलाई सहजीकरण गर्न परिचयपत्र वितरण गर्ने, घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था मिलाइएको, घाइतेहरूलाई तत्काल राहतको लागि भैपरी खर्च उपलब्ध गराइएको, पुन: चेकजाँचमा जानुपर्ने अवस्थामा नि:शुल्क एम्बुलेन्सको व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, घाइतेहरूलाई राहतका लागि निजहरूको वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । घाइतेहरूको उपचारमा आवश्यक समन्वय गर्न घाइतेहरूको समेत सहभागितामा गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समन्वय समिति गठन गरी कार्य गर्दै आइएको छ ।

भाद्र २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट कुल १४, ५५४ कैदीबन्दीहरू फरार भएकोमा हालसम्म ९, ५४१ जना फिर्ता ल्याइसकिएको र ५,०१३ जना पक्राउ गर्न बाँकी रहेको छ ।

फरार कैदीहरू पक्राउ गर्न निजहरूको सूची सार्वजनिक गरिएको छ । त्यस्ता फरार कैदीहरू सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा प्रदान नगर्न सबै निकायहरूमा पत्राचार गरिएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरूमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोजतलासलाई तीब्रता दिइएको छ । त्यस्तै, सुरक्षा निकाय मार्फत फरार कैदी बन्दीको खोजिको लागि विशेष अपरेसन चलाउने कार्यलाई अघि बढाइएको छ ।

फरार कैदी बन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा लिई सरकार गम्भिरतापूर्वक अघि बढेको छ । सम्पूर्ण चुनौतिहरूलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ र यसमा सर्वसाधारण सबैको साथ, सहयोग र सहकार्य अपरिहार्य रहेको व्यहोरा समेत अनुरोध छ ।

आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी हो । हामीलाई प्राप्त जिम्मेवारी अनुसार समयमै निर्वाचन सम्पन्न गरेर छिटो भन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सुम्पन हामी आतुर छौं । युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन २०७३ लाई संशोधन गरिएको छ ।

निर्वाचनको आयोगको तथ्यांक अनुसार यसबाट २ लाख बढी मतदाता थप भएका छन् । निर्वाचनको लागि सुरक्षा निकायका लागि आवश्यक पर्ने श्रोत र साधनको कतिपय व्यवस्थापन भैसकेको र कतिपय व्यवस्थापन हुने क्रममा रहेको छ । निर्वाचन तयारीका सम्बन्धमा भैरहेका थप कार्यहरू देहाय बमोजिम रहेका छन् :

▪ स्वच्छ, निस्पक्ष, निर्वाचन सम्पन्न राजनैतिक दलहरू, कुटनीतिक नियोगका प्रमुखहरू लगायतसँग विभिन्न तहमा छलफल एवं परामर्श गरिएको,

▪ सबै सुरक्षा निकायको समन्वयमा संयुक्त सुरक्षा गस्ती शुरु गरिएको,

▪ निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन भएको र सो समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ, जसलाई केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत गरी कार्यान्वयमा ल्याइनेछ,

▪ विदेशमा रहेका नेपालीलाई समेत मताधिकारको अधिकार प्रदान गर्ने सम्बन्धमा कानून संशोधनको गृहकार्य अगाडि बढेको छ भने यसको प्राविधिक र व्यवस्थापकीय सम्भाव्यताको अध्ययन गरी सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी सुम्पिएको छ । प्रतिष्ठानले सरोकारवालाहरूसँग छलफल गरी अन्तराष्ट्रिय अभ्यास समेतका आधारमा आफ्नो प्रतिवेदन पेश गर्नेछ ।

▪ जिल्ला सुरक्षा समिति मार्फत मतदान केन्द्रहरूको जोखिम मूल्यांकनगरी प्रतिवेदन पेश भएको छ । साविकमा रहेका तर हाल क्षतिग्रस्त मतदान केन्द्रको स्थानीय पालिकासँगको समन्वयमा पुनर्निर्माणको कार्य गरिएको छ ।

यस सरकारसँग सबैको उच्च अपेक्षा रहेको छ । छोटो अवधिको बावजुद हामी जनताका आकांक्षाहरूलाई कानूनको परिधिभित्र रही अधिकतम हासिल गर्न प्रयासरत रहने छौं । हामीलाई असफल हुने छुट नभएको हुँदा सबैबाट आगामी दिनमा हालको जस्तै साथ र सहयोग रहने कुरामा हामी विश्वस्त छौं ।

(राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार गृहमन्त्री अर्यालले दिएको अभिव्यक्तिको सम्पादित अंश)

गृहमन्त्री ओमप्रकाश अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

Login to comment

Remenber me

Forgot password?

खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस्

वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस्

Forgot Password?

Send Password Reset Link

प्रतिक्रिया 4

प्रतिक्रिया

Hot Properties

House for Sale at Sanagaun

Rs. 4.5 CrTotal Amount

House for Rent at Budhanilkantha

Rs. 4.2 LacPer Month

House for Sale at Imadol

Rs. 2.9 CrTotal Amount

3 BHK Apartment for Sale in Naxal

Rs. 4 CrTotal Amount

House for sale at Imadol

Rs. 2.75 CrTotal Amount

House for Sale at Siddhipur

Rs. 2.25 CrTotal Amount

Shital Height

Duplex House for Sale at Shital Height

Rs. 4.5 CrTotal Amount

Ochu Height

House on sale at Ochu Height

Rs. 5.25 CrTotal Amount

Shital Height

House for Sale in Shital Height

Rs. 4.9 CrTotal Amount

Duplex House for Sale in Tikathali

Rs. 3.75 CrTotal Amount

Bhandari Marg

House for Sale in Bhandari Marg

Rs. 2.55 CrTotal Amount

House for Sale at Imadol

Rs. 3.35 CrTotal Amount

House for sale at Pasikot

Rs. 4.5 CrTotal Amount

Budhanilkantha

House for Sale

Rs. 3.85 CrTotal Amount

House for Sale in Chhauni

Rs. 8.49 CrTotal Amount

House for Rent in Dhumbarahi

Rs. 4 LacPer Month

सम्बन्धित खबर

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको विदाइ भेट

मधेशको सुरक्षा अवस्था बुझ्दै गृहमन्त्री अर्याल

राजनीतिक दबाबमा आरोपित छोडेको विषयमा गृहमन्त्रीको चासो, आईजीपीलाई फोन

दलका नेतालाई गृहमन्त्रीको सुझाव– पार्टीमा अरु पनि योग्य छन् भन्ने बोध गर्नुस्

गृहमन्त्री अर्याल र चिनियाँ राजदूत चेनसाँगबीच भेटवार्ता

विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

Advertisment

सिफारिस

राजनीति कुलमानको, परीक्षा प्रधानमन्त्रीको

बिहारमा नेपाली बुहारीको मताधिकार खोसियो, भाजपाले बनायो चुनावी मसला

टालेको झोला बोकेर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने

‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’

न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू

रहरको पदयात्रा, कहरको मृत्यु

चुनावी सुरक्षा रणनीति बनाउने गृहकार्य सुरु, हतियार र फरार कैदी मुख्य थ्रेट

धेरै कमेन्ट गरिएका

के ह्वेलले गीत गाउँछ ?

फिनल्यान्डको शिक्षा किन विश्वकै उत्कृष्ट मानिन्छ, कसरी पढाइन्छ ?

ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ?

कस्ता श्रीमान् रुचाउँछन् महिला ?

मान्छेले किन यौनको बारेमा बढी सोच्छ ?

छुटाउनुभयो कि ?

विचार/ब्लग

अन्तर्वार्ता

जीवनशैली/स्वास्थ्य

अन्तर्राष्ट्रिय

बैंक / वित्त

सूचना-प्रविधि

खेलकुद लाईभ

एनपीएल २०८१

ICC Men T20 World Cup 2024

Aaha RARA Pokhara gold cup

Nepal Super League - 2080

अनलाइनखबर सूची

चालीस मुनिका चालीस- २०८२

नेपालका ५० प्रभावशाली महिला २०८१

नेपालका ५० प्रभावशाली महिला २०८०

चालीस मुनिका चालीस- २०८१

फ्रन्टलाइन हिरोज्

प्रीति टु युनिकोड कन्भर्टर

युनिकोड टु प्रीति कन्भर्टर

विशेष शृङ्खला

सहकारी संकट विशेष

लघुवित्त संकट विशेष

संसद् विघटन विशेष

निर्वाचन २०७४

स्थानीय चुनाव २०७९

निर्वाचन २०७९

एमाले महाधिवेशन

विश्वकप २०२२

दशैं-बसैं २०८१

हाम्रो टिम

प्रयोगका सर्त

प्राइभेसी पोलिसी

अध्यक्ष तथा प्रबन्ध निर्देशक:
धर्मराज भुसाल

प्रधान सम्पादक:
बसन्त बस्नेत

सूचना विभाग दर्ता नं.
२१४ / ०७३–७४

+977-1-4790176, +977-1-4796489

news@onlinekhabar.com

© २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

Remenber me

Forgot password?

Not have account yet? Signup Now

Or use Social Media?

Forgot Password?

Send Password Reset Link

कृपया ध्यान दिनुहोस्:

अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।

आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।

यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।

रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

User Registration Form

Confirm Password

Display Name

Phone / Mobile

Or use Social Media?

Related Articles