Technology

‘अश्लील’ भन्दै प्रतिबन्ध खेपेको किताब, छापिएकै दिन विक्री भएको थियो २ लाखप्रति

सेयर मार्केट्स English edition सबै रिज्ल्ट हेर्नुस ट्रेन्डिङ + ताजा अपडेट + Skip to content जीवनशैली प्रमुख ‘अश्लील’ भन्दै प्रतिबन्ध खेपेको किताब, छापिएकै दिन विक्री भएको थियो २ लाखप्रति जीवनशैली प्रमुख जलरङ कलाकारहरूको ‘चित्रण’ कला प्रदर्शनी भोलिदेखि जीवनशैली प्रमुख दुई डाक्टरको प्रेम, जब बिहे चारतारे होटलबाटै गर्नुपर्ने दबाब आयो के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ? चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? मोटोपनबाट कसरी छुट्कारा पाउने ? अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए प्रदेश समाचार रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प अन्तर्राष्ट्रिय समाचार पेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु सूचना प्रविधि आइफोनले ल्याउँदैछ स्याटेलाइट फिचर, नेटवर्क नहुँदा पनि मेसेज पठाउन सकिने ‘जिपमा आएको व्यक्तिले बाटोमा दुईवटा सिंह देखें’ भनेपछि पिसाब चुहिएला जस्तो भयो’ अन्तर्वार्ता ‘नाम मात्रका लोकतान्त्रिक पार्टीको विकल्प लिएर आउँदैछौं’ हाम्रो नेपाल, राम्रो नेपाल मेरो प्यारो ओखलढुंगा (तस्वीरहरू) सेयर मार्केट्स सबै रिज्ल्ट हेर्नुस ‘अश्लील’ भन्दै प्रतिबन्ध खेपेको किताब, छापिएकै दिन विक्री भएको थियो २ लाखप्रति २०८२ कात्तिक२७ गते १४:३७ News Summary Generated by OK AI. Editorially reviewed. सन् १९६० मा बेलायतमा पेन्गुइन बुक्सले डीएच लरेन्सको उपन्यास लेडी च्याटर्लीज लभर सेन्सर नगरी छाप्न खोज्दा कानुनविरुद्ध मुद्दा चल्यो। छ दिनको सुनुवाइपछि पेन्गुइन बुक्स निर्दोष ठहर भयो र उपन्यास प्रकाशन भयो, जसले सामाजिक परिवर्तनको प्रतीक मानेको थियो। उपन्यासमा उच्च वर्गकी महिला र श्रमिक वर्गका पुरुषबीचको सम्बन्ध देखाइएको छ र यौनलाई साहित्यमा स्वीकार्य बनाउन लेखकले आशा राखेका थिए। सन् १९६० मा बेलायतमा डीएच लरेन्सको उपन्यास लेडी च्याटर्लीज लभर (लेडी च्याटर्लीको प्रेमी) ले व्यापक चर्चा पायो । कारण थियो, अश्लीलता सम्बन्धीको प्रकाशन रोक्ने कानुन । उक्त कानुनअनुसार लेडी च्याटर्लीज लभर अभद्र र अनैतिक थियो । र, पुस्तक प्रकाशनलाई अपराधिकरण गरिने अवस्था थियो । यता बेलायती प्रकाशन गृह पेन्गुइन बुक्स डीएच लरेन्सको किताब कुनै सेन्सर नगरी छाप्न चाहन्थ्यो । परिणामस्वरूप यो कानुनविरुद्ध प्रकाशनगृहले मुद्दा हाल्यो । अन्ततः ६ दिनको सुनुवाइपछि पेन्गुइन बुक्सले मुद्दा जित्यो । किताब निर्दोष ठहर भयो । प्रकाशन भयो । र, किताब अत्यधिक मात्र नै विक्री भयो । तर, त्यो मुद्दालाई धेरैले पुस्तकभन्दा पनि दोस्रो विश्वयुद्धपछिका वर्षहरूमा भित्रभित्रै उम्लिरहेका सामाजिक परिवर्तनहरूको प्रतीकका रूपमा लिए । पुरानो नैतिक रूढीवादमाथि उदारवादी सोचको विजय भएको भनेर अर्थाए । यद्यपि यो किताब सन् १९२० को दशकको अन्त्यतिर इटाली र फ्रान्समा निजी रूपमा प्रकाशित थियो । तर त्यसपछि अमेरिका, अस्ट्रेलिया र जापानसहित विश्वका धेरै देशहरूमा प्रतिबन्धित भयो । बेलायतमा यो किताबलाई लिएर मुद्दा चल्नुभन्दा अघिका वर्षहरूमा समेत यौनका कुराहरू भएको किताबको प्रकाशनको अवस्था उस्तै थियो । धेरै बेलायती लेखक र प्रकाशकहरू अश्लीलताका लागि मुद्दा चलाइएका पुस्तकहरूको सङ्ख्याले चिन्तित थिए । यसैलाई कम गर्ने प्रयासमा बेलायतको संसदले सन् १९५९ मा ‘अश्लील प्रकाशन ऐन’ ल्याएको थियो । त्यस कानुनले साहित्यको संरक्षण र अश्लीलतासम्बन्धी कानुनलाई बलियो बनाउने वाचा गरेको थियो । त्यस्तै ‘फोहोरी’ भनिएको किताबलाई प्रतिरक्षाको मौका दिएको थियो । किनकि कानुनले कृतिको सामग्री सामान्य मानिसलाई स्तब्ध पार्ने भए पनि साहित्यिक योग्यता छ भने त्यसलाई प्रकाशन गर्न रोकेको थिएन । लेडी च्याटर्लिज लभरमा उच्च वर्गकी महिला र श्रमिक वर्गका पुरुषबीच भावुक सम्बन्ध स्थापित भएको देखाइएको छ । उपन्यासमा गाली गलौजका शब्द र यौनको स्पष्ट वर्णन समावेश गरिएको छ । अहिले त यसैमा आधारित फिल्म समेत बनेका छन् । लेखक लरेन्स आफैंले यौनलाई साहित्यमा स्वीकार्य हुने कुराको रूपमा पुनर्स्थापित गर्ने आशा राखेको बताएका थिए । उपन्यासमा यौन सम्बन्धहरूलाई लाजमर्दो कुराको सट्टा वैध र बहुमूल्य बनाउन चाहेको उनले सुनाएका थिए । यसैबीच नयाँ कानुनलाई परीक्षण गर्न पेन्गुइन बुक्स तयार भयो । सन् १९६० मा उनीहरूले बेलायतको कानुनी प्रमुखलाई पत्र लेखेर किताबको मौलिक संस्करण प्रकाशित गर्ने चेतावनी दिए । लगत्तै देशका मुख्य कानुनी सल्लाहकार रेजिनाल्ड म्यानिङ्घम बुलरले किताबका केही अध्याय पढे । र पेन्गुइनविरुद्ध कानुनी कारबाही अघि बढाउन अनुमति दिए । त्यसबेला पेन्गुइनका संस्थापक सर एलेन लेन भने स्पेनमा थिए । घटनाक्रम चर्किरहेकालेउनका सहकर्मीहरूले उनलाई तुरुन्तै बेलायत फर्कन सल्लाह दिए । अदालतमा नैतिकताको लडाइँ पेन्गुइनले आफ्नो पक्षलाई बलियो बनाउन ३५ जना प्रख्यात लेखक, शिक्षाविद् र नेताहरूलाई विशेष साक्षीको रूपमा अदालतमा उपस्थित गरायो । उनीहरूमध्ये प्राध्यापक रिचर्ड होगार्टको गवाही महत्त्वपूर्ण रह्यो । उनले उपन्यास सारमा एक नैतिक र शुद्धतावादी कृति भएको तर्क गरे । उनले उपन्यासमा प्रयोग भएका गालीका शब्दहरूलाई पनि सामान्यीकरण गर्दै त्यस्ता शब्दहरू अदालत आउने बाटोमा पनि सुनेको बताए । त्यस्तै पेन्गुइनको विपक्षको नेतृत्व मर्भिन ग्रिफिथ जोन्सले गरेका थिए । उनले उपन्यासमा भएको यौनलाई अनावश्यक अश्लीलता करार गर्दै किताबमा प्रयोग भएका गालीका शब्दहरूको सूची पनि प्रस्तुत गरेका थिए । साथै किताबको सस्तो मूल्यको कारण यो ‘सबैका लागि’ उपलब्ध हुने खतरा औँल्याएका थिए तर छ दिनसम्म चलेको बहसपछि २ नोभेम्बर १९६० मा न्यायाधिशले तीन घण्टा लगाएर सर्वसम्मत फैसला सुनायो । त्यस फैसला अनुसार ‘अश्लील प्रकाशन ऐन’ अन्तर्गत पेन्गुइन बुक्स निर्दोष ठहर भयो । यता पेन्गुइन पहिलेदेखि नै सफाइको तयारीमा थियो । तर उनीहरूको नियमित मुद्रण फर्मले यस किताबलाई छाप्न अस्वीकार गरेको थियो । त्यसै भएर उनीहरूले नयाँ फर्मसँग काम गर्नुपर्‍यो । यद्यपि मुद्दाले किताबको ठूलो प्रचारको काम गरेको थियो । त्यसैको प्रभाव स्वरुप किताब प्रकाशनको पहिलो दिनमै दुई लाख प्रतिहरू विक्री भएका थिए । तीन महिनामा ३० लाखप्रति विक्री भएको थियो । बीबीसीका अनुसार त्यसबेला ग्राहकले समेत यो किताबको नाम लिएर पसलमा किताब माग्न सक्दैनथे । उनीहरूले ‘लेडी सी’ भन्ने गर्थे । त्यस अनुभवका आधारमा विक्रेताहरूले यो साधारण किताब बेच्नुभन्दा अलि फरक अनुभव रहेको बताएका थिए। लेडी च्याटर्लीज लभर यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Forgot Password? Send Password Reset Link प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties House for Sale at Sanagaun Rs. 4.5 CrTotal Amount House for Rent at Budhanilkantha Rs. 4.2 LacPer Month House for Sale at Imadol Rs. 2.9 CrTotal Amount 3 BHK Apartment for Sale in Naxal Rs. 4 CrTotal Amount House for sale at Imadol Rs. 2.75 CrTotal Amount House for Sale at Siddhipur Rs. 2.25 CrTotal Amount Shital Height Duplex House for Sale at Shital Height Rs. 4.5 CrTotal Amount Ochu Height House on sale at Ochu Height Rs. 5.25 CrTotal Amount Shital Height House for Sale in Shital Height Rs. 4.9 CrTotal Amount Duplex House for Sale in Tikathali Rs. 3.75 CrTotal Amount Bhandari Marg House for Sale in Bhandari Marg Rs. 2.55 CrTotal Amount House for Sale at Imadol Rs. 3.35 CrTotal Amount House for sale at Pasikot Rs. 4.5 CrTotal Amount Budhanilkantha House for Sale Rs. 3.85 CrTotal Amount House for Sale in Chhauni Rs. 8.49 CrTotal Amount House for Rent in Dhumbarahi Rs. 4 LacPer Month सम्बन्धित खबर रक ब्याण्ड ‘लिंकिन पार्क’ द्वारा बैंग्लोरमा बहुप्रतीक्षित कन्सर्टको घोषणा गाउँमा विकास, गाउँमै उद्यम भोजपुरका किसानलाई धान थन्क्याउने चटारो हामीलाई असफल हुने छुट छैन गृहमन्त्रीको प्रष्टोक्ति– दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ ६८ लागे हरिवंश, भन्छन् : पूर्णविराम नलगाइकन काम गर्छु Advertisment सिफारिस राजनीति कुलमानको, परीक्षा प्रधानमन्त्रीको बिहारमा नेपाली बुहारीको मताधिकार खोसियो, भाजपाले बनायो चुनावी मसला टालेको झोला बोकेर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने ‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’ न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू रहरको पदयात्रा, कहरको मृत्यु चुनावी सुरक्षा रणनीति बनाउने गृहकार्य सुरु, हतियार र फरार कैदी मुख्य थ्रेट धेरै कमेन्ट गरिएका के ह्वेलले गीत गाउँछ ? फिनल्यान्डको शिक्षा किन विश्वकै उत्कृष्ट मानिन्छ, कसरी पढाइन्छ ? ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ? कस्ता श्रीमान् रुचाउँछन् महिला ? मान्छेले किन यौनको बारेमा बढी सोच्छ ? छुटाउनुभयो कि ? विचार/ब्लग अन्तर्वार्ता जीवनशैली/स्वास्थ्य अन्तर्राष्ट्रिय बैंक / वित्त सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 Aaha RARA Pokhara gold cup Nepal Super League - 2080 अनलाइनखबर सूची चालीस मुनिका चालीस- २०८२ नेपालका ५० प्रभावशाली महिला २०८१ नेपालका ५० प्रभावशाली महिला २०८० चालीस मुनिका चालीस- २०८१ फ्रन्टलाइन हिरोज् प्रीति टु युनिकोड कन्भर्टर युनिकोड टु प्रीति कन्भर्टर विशेष शृङ्खला सहकारी संकट विशेष लघुवित्त संकट विशेष संसद् विघटन विशेष निर्वाचन २०७४ स्थानीय चुनाव २०७९ निर्वाचन २०७९ एमाले महाधिवेशन विश्वकप २०२२ दशैं-बसैं २०८१ हाम्रो टिम प्रयोगका सर्त प्राइभेसी पोलिसी अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल प्रधान सम्पादक: बसन्त बस्नेत सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४ +977-1-4790176, +977-1-4796489 news@onlinekhabar.com © २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित Remenber me Forgot password? Not have account yet? Signup Now Or use Social Media? Forgot Password? Send Password Reset Link कृपया ध्यान दिनुहोस्: अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ । आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ । यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ । रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् । User Registration Form Confirm Password Display Name Phone / Mobile Or use Social Media?

‘अश्लील’ भन्दै प्रतिबन्ध खेपेको किताब, छापिएकै दिन विक्री भएको थियो २ लाखप्रति

सेयर मार्केट्स

English edition

सबै रिज्ल्ट हेर्नुस

ट्रेन्डिङ +

ताजा अपडेट +

Skip to content

जीवनशैली प्रमुख

‘अश्लील’ भन्दै प्रतिबन्ध खेपेको किताब, छापिएकै दिन विक्री भएको थियो २ लाखप्रति

जीवनशैली प्रमुख

जलरङ कलाकारहरूको ‘चित्रण’ कला प्रदर्शनी भोलिदेखि

जीवनशैली प्रमुख

दुई डाक्टरको प्रेम, जब बिहे चारतारे होटलबाटै गर्नुपर्ने दबाब आयो

के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ?

चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?

मोटोपनबाट कसरी छुट्कारा पाउने ?

अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन

सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन

निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए

प्रदेश समाचार

रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

अन्तर्राष्ट्रिय समाचार

पेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु

सूचना प्रविधि

आइफोनले ल्याउँदैछ स्याटेलाइट फिचर, नेटवर्क नहुँदा पनि मेसेज पठाउन सकिने

‘जिपमा आएको व्यक्तिले बाटोमा दुईवटा सिंह देखें’ भनेपछि पिसाब चुहिएला जस्तो भयो’

अन्तर्वार्ता

‘नाम मात्रका लोकतान्त्रिक पार्टीको विकल्प लिएर आउँदैछौं’

हाम्रो नेपाल, राम्रो नेपाल

मेरो प्यारो ओखलढुंगा (तस्वीरहरू)

सेयर मार्केट्स

सबै रिज्ल्ट हेर्नुस

‘अश्लील’ भन्दै प्रतिबन्ध खेपेको किताब, छापिएकै दिन विक्री भएको थियो २ लाखप्रति

२०८२ कात्तिक२७ गते १४:३७

News Summary
Generated by OK AI. Editorially reviewed.

सन् १९६० मा बेलायतमा पेन्गुइन बुक्सले डीएच लरेन्सको उपन्यास लेडी च्याटर्लीज लभर सेन्सर नगरी छाप्न खोज्दा कानुनविरुद्ध मुद्दा चल्यो।

छ दिनको सुनुवाइपछि पेन्गुइन बुक्स निर्दोष ठहर भयो र उपन्यास प्रकाशन भयो, जसले सामाजिक परिवर्तनको प्रतीक मानेको थियो।

उपन्यासमा उच्च वर्गकी महिला र श्रमिक वर्गका पुरुषबीचको सम्बन्ध देखाइएको छ र यौनलाई साहित्यमा स्वीकार्य बनाउन लेखकले आशा राखेका थिए।

सन् १९६० मा बेलायतमा डीएच लरेन्सको उपन्यास लेडी च्याटर्लीज लभर (लेडी च्याटर्लीको प्रेमी) ले व्यापक चर्चा पायो । कारण थियो, अश्लीलता सम्बन्धीको प्रकाशन रोक्ने कानुन । उक्त कानुनअनुसार लेडी च्याटर्लीज लभर अभद्र र अनैतिक थियो । र, पुस्तक प्रकाशनलाई अपराधिकरण गरिने अवस्था थियो ।

यता बेलायती प्रकाशन गृह पेन्गुइन बुक्स डीएच लरेन्सको किताब कुनै सेन्सर नगरी छाप्न चाहन्थ्यो । परिणामस्वरूप यो कानुनविरुद्ध प्रकाशनगृहले मुद्दा हाल्यो । अन्ततः ६ दिनको सुनुवाइपछि पेन्गुइन बुक्सले मुद्दा जित्यो । किताब निर्दोष ठहर भयो । प्रकाशन भयो । र, किताब अत्यधिक मात्र नै विक्री भयो ।

तर, त्यो मुद्दालाई धेरैले पुस्तकभन्दा पनि दोस्रो विश्वयुद्धपछिका वर्षहरूमा भित्रभित्रै उम्लिरहेका सामाजिक परिवर्तनहरूको प्रतीकका रूपमा लिए । पुरानो नैतिक रूढीवादमाथि उदारवादी सोचको विजय भएको भनेर अर्थाए ।

यद्यपि यो किताब सन् १९२० को दशकको अन्त्यतिर इटाली र फ्रान्समा निजी रूपमा प्रकाशित थियो । तर त्यसपछि अमेरिका, अस्ट्रेलिया र जापानसहित विश्वका धेरै देशहरूमा प्रतिबन्धित भयो ।

बेलायतमा यो किताबलाई लिएर मुद्दा चल्नुभन्दा अघिका वर्षहरूमा समेत यौनका कुराहरू भएको किताबको प्रकाशनको अवस्था उस्तै थियो । धेरै बेलायती लेखक र प्रकाशकहरू अश्लीलताका लागि मुद्दा चलाइएका पुस्तकहरूको सङ्ख्याले चिन्तित थिए ।

यसैलाई कम गर्ने प्रयासमा बेलायतको संसदले सन् १९५९ मा ‘अश्लील प्रकाशन ऐन’ ल्याएको थियो । त्यस कानुनले साहित्यको संरक्षण र अश्लीलतासम्बन्धी कानुनलाई बलियो बनाउने वाचा गरेको थियो ।

त्यस्तै ‘फोहोरी’ भनिएको किताबलाई प्रतिरक्षाको मौका दिएको थियो । किनकि कानुनले कृतिको सामग्री सामान्य मानिसलाई स्तब्ध पार्ने भए पनि साहित्यिक योग्यता छ भने त्यसलाई प्रकाशन गर्न रोकेको थिएन ।

लेडी च्याटर्लिज लभरमा उच्च वर्गकी महिला र श्रमिक वर्गका पुरुषबीच भावुक सम्बन्ध स्थापित भएको देखाइएको छ । उपन्यासमा गाली गलौजका शब्द र यौनको स्पष्ट वर्णन समावेश गरिएको छ । अहिले त यसैमा आधारित फिल्म समेत बनेका छन् ।

लेखक लरेन्स आफैंले यौनलाई साहित्यमा स्वीकार्य हुने कुराको रूपमा पुनर्स्थापित गर्ने आशा राखेको बताएका थिए । उपन्यासमा यौन सम्बन्धहरूलाई लाजमर्दो कुराको सट्टा वैध र बहुमूल्य बनाउन चाहेको उनले सुनाएका थिए ।

यसैबीच नयाँ कानुनलाई परीक्षण गर्न पेन्गुइन बुक्स तयार भयो । सन् १९६० मा उनीहरूले बेलायतको कानुनी प्रमुखलाई पत्र लेखेर किताबको मौलिक संस्करण प्रकाशित गर्ने चेतावनी दिए । लगत्तै देशका मुख्य कानुनी सल्लाहकार रेजिनाल्ड म्यानिङ्घम बुलरले किताबका केही अध्याय पढे । र पेन्गुइनविरुद्ध कानुनी कारबाही अघि बढाउन अनुमति दिए ।

त्यसबेला पेन्गुइनका संस्थापक सर एलेन लेन भने स्पेनमा थिए । घटनाक्रम चर्किरहेकालेउनका सहकर्मीहरूले उनलाई तुरुन्तै बेलायत फर्कन सल्लाह दिए ।

अदालतमा नैतिकताको लडाइँ

पेन्गुइनले आफ्नो पक्षलाई बलियो बनाउन ३५ जना प्रख्यात लेखक, शिक्षाविद् र नेताहरूलाई विशेष साक्षीको रूपमा अदालतमा उपस्थित गरायो । उनीहरूमध्ये प्राध्यापक रिचर्ड होगार्टको गवाही महत्त्वपूर्ण रह्यो ।

उनले उपन्यास सारमा एक नैतिक र शुद्धतावादी कृति भएको तर्क गरे । उनले उपन्यासमा प्रयोग भएका गालीका शब्दहरूलाई पनि सामान्यीकरण गर्दै त्यस्ता शब्दहरू अदालत आउने बाटोमा पनि सुनेको बताए ।

त्यस्तै पेन्गुइनको विपक्षको नेतृत्व मर्भिन ग्रिफिथ जोन्सले गरेका थिए । उनले उपन्यासमा भएको यौनलाई अनावश्यक अश्लीलता करार गर्दै किताबमा प्रयोग भएका गालीका शब्दहरूको सूची पनि प्रस्तुत गरेका थिए । साथै किताबको सस्तो मूल्यको कारण यो ‘सबैका लागि’ उपलब्ध हुने खतरा औँल्याएका थिए

तर छ दिनसम्म चलेको बहसपछि २ नोभेम्बर १९६० मा न्यायाधिशले तीन घण्टा लगाएर सर्वसम्मत फैसला सुनायो । त्यस फैसला अनुसार ‘अश्लील प्रकाशन ऐन’ अन्तर्गत पेन्गुइन बुक्स निर्दोष ठहर भयो । यता पेन्गुइन पहिलेदेखि नै सफाइको तयारीमा थियो । तर उनीहरूको नियमित मुद्रण फर्मले यस किताबलाई छाप्न अस्वीकार गरेको थियो । त्यसै भएर उनीहरूले नयाँ फर्मसँग काम गर्नुपर्‍यो ।

यद्यपि मुद्दाले किताबको ठूलो प्रचारको काम गरेको थियो । त्यसैको प्रभाव स्वरुप किताब प्रकाशनको पहिलो दिनमै दुई लाख प्रतिहरू विक्री भएका थिए । तीन महिनामा ३० लाखप्रति विक्री भएको थियो ।

बीबीसीका अनुसार त्यसबेला ग्राहकले समेत यो किताबको नाम लिएर पसलमा किताब माग्न सक्दैनथे । उनीहरूले ‘लेडी सी’ भन्ने गर्थे । त्यस अनुभवका आधारमा विक्रेताहरूले यो साधारण किताब बेच्नुभन्दा अलि फरक अनुभव रहेको बताएका थिए।

लेडी च्याटर्लीज लभर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

Login to comment

Remenber me

Forgot password?

खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस्

वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस्

Forgot Password?

Send Password Reset Link

प्रतिक्रिया 4

प्रतिक्रिया

Hot Properties

House for Sale at Sanagaun

Rs. 4.5 CrTotal Amount

House for Rent at Budhanilkantha

Rs. 4.2 LacPer Month

House for Sale at Imadol

Rs. 2.9 CrTotal Amount

3 BHK Apartment for Sale in Naxal

Rs. 4 CrTotal Amount

House for sale at Imadol

Rs. 2.75 CrTotal Amount

House for Sale at Siddhipur

Rs. 2.25 CrTotal Amount

Shital Height

Duplex House for Sale at Shital Height

Rs. 4.5 CrTotal Amount

Ochu Height

House on sale at Ochu Height

Rs. 5.25 CrTotal Amount

Shital Height

House for Sale in Shital Height

Rs. 4.9 CrTotal Amount

Duplex House for Sale in Tikathali

Rs. 3.75 CrTotal Amount

Bhandari Marg

House for Sale in Bhandari Marg

Rs. 2.55 CrTotal Amount

House for Sale at Imadol

Rs. 3.35 CrTotal Amount

House for sale at Pasikot

Rs. 4.5 CrTotal Amount

Budhanilkantha

House for Sale

Rs. 3.85 CrTotal Amount

House for Sale in Chhauni

Rs. 8.49 CrTotal Amount

House for Rent in Dhumbarahi

Rs. 4 LacPer Month

सम्बन्धित खबर

रक ब्याण्ड ‘लिंकिन पार्क’ द्वारा बैंग्लोरमा बहुप्रतीक्षित कन्सर्टको घोषणा

गाउँमा विकास, गाउँमै उद्यम

भोजपुरका किसानलाई धान थन्क्याउने चटारो

हामीलाई असफल हुने छुट छैन

गृहमन्त्रीको प्रष्टोक्ति– दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ

६८ लागे हरिवंश, भन्छन् : पूर्णविराम नलगाइकन काम गर्छु

Advertisment

सिफारिस

राजनीति कुलमानको, परीक्षा प्रधानमन्त्रीको

बिहारमा नेपाली बुहारीको मताधिकार खोसियो, भाजपाले बनायो चुनावी मसला

टालेको झोला बोकेर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने

‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’

न्युयोर्कका ममदानी र काठमाडौंका कम्युनिस्टहरू

रहरको पदयात्रा, कहरको मृत्यु

चुनावी सुरक्षा रणनीति बनाउने गृहकार्य सुरु, हतियार र फरार कैदी मुख्य थ्रेट

धेरै कमेन्ट गरिएका

के ह्वेलले गीत गाउँछ ?

फिनल्यान्डको शिक्षा किन विश्वकै उत्कृष्ट मानिन्छ, कसरी पढाइन्छ ?

ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ?

कस्ता श्रीमान् रुचाउँछन् महिला ?

मान्छेले किन यौनको बारेमा बढी सोच्छ ?

छुटाउनुभयो कि ?

विचार/ब्लग

अन्तर्वार्ता

जीवनशैली/स्वास्थ्य

अन्तर्राष्ट्रिय

बैंक / वित्त

सूचना-प्रविधि

खेलकुद लाईभ

एनपीएल २०८१

ICC Men T20 World Cup 2024

Aaha RARA Pokhara gold cup

Nepal Super League - 2080

अनलाइनखबर सूची

चालीस मुनिका चालीस- २०८२

नेपालका ५० प्रभावशाली महिला २०८१

नेपालका ५० प्रभावशाली महिला २०८०

चालीस मुनिका चालीस- २०८१

फ्रन्टलाइन हिरोज्

प्रीति टु युनिकोड कन्भर्टर

युनिकोड टु प्रीति कन्भर्टर

विशेष शृङ्खला

सहकारी संकट विशेष

लघुवित्त संकट विशेष

संसद् विघटन विशेष

निर्वाचन २०७४

स्थानीय चुनाव २०७९

निर्वाचन २०७९

एमाले महाधिवेशन

विश्वकप २०२२

दशैं-बसैं २०८१

हाम्रो टिम

प्रयोगका सर्त

प्राइभेसी पोलिसी

अध्यक्ष तथा प्रबन्ध निर्देशक:
धर्मराज भुसाल

प्रधान सम्पादक:
बसन्त बस्नेत

सूचना विभाग दर्ता नं.
२१४ / ०७३–७४

+977-1-4790176, +977-1-4796489

news@onlinekhabar.com

© २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

Remenber me

Forgot password?

Not have account yet? Signup Now

Or use Social Media?

Forgot Password?

Send Password Reset Link

कृपया ध्यान दिनुहोस्:

अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।

आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।

यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।

रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

User Registration Form

Confirm Password

Display Name

Phone / Mobile

Or use Social Media?

Related Articles