Sunday, October 26, 2025
World

दूधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदा…

सेयर मार्केट्स English edition सबै रिज्ल्ट हेर्नुस ट्रेन्डिङ + ताजा अपडेट + Skip to content लगातार तीनपटक स्टोन स्किपिङ च्याम्पियन बने राहुल जीवनशैली प्रमुख अर्नी भान्साघरमार्फत रैथाने उत्पादनलाई प्रवर्द्धन गर्दै उमेश बोहोरा जीवनशैली प्रमुख एक कुकुर, जसलाई ‘खुंखार आतंकवादी’ मार्ने मिसनमा पठाइयो के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ? चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? मोटोपनबाट कसरी छुट्कारा पाउने ? अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए प्रदेश समाचार सुकुमबासी बस्तीमा किवानिसले वितरण गर्‍यो सरसफाइ सामग्री अन्तर्राष्ट्रिय समाचार हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति सूचना प्रविधि च्याट जीपीटीको एक कदमले गुगललाई डेढ खर्ब डलरको झट्का जेनजी पुस्ताले राणाकालीन जेलको बारेमा पढ्यो भने के सोच्दो हो ! अन्तर्वार्ता सबै कागजात र अभिलेख जलेको काठमाडौं प्रशासनले कसरी गर्दैछ काम ? (भिडियो) हाम्रो नेपाल, राम्रो नेपाल चित्ताकर्षक पाँचपोखरी (ट्राभलग) सेयर मार्केट्स सबै रिज्ल्ट हेर्नुस दूधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदा… यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्थायी सङ्केत बोर्ड, आपत्कालीन उद्धार केन्द्र र नियमित गाइड तालिम अपरिहार्य छन् । दूधकुण्ड केवल एउटा ताल होइन । यो नेपाली पहिचान र आस्थाको हिमाली प्रतीक हो । यसको संरक्षण र व्यवस्थापन हाम्रो सामूहिक जिम्मेवारी हो । सुवास दर्नाल २०८२ कात्तिक९ गते ८:४० ९ कात्तिक, सोलुखुम्बु । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो ।’ ओखलढुङ्गाका डेनिस मगरले यसरी यर्थाथ सुनाए । सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दूधकुण्ड पुग्ने क्रममा मगरसहितको टोली करिब १० घण्टा बेपत्ता भएका थिए । गत सोमबार सल्लेरीबाट हिँडेको मगरसहितको एक टोली सोलुदूधकुण्ड नगरपालिका–१ कै कामोडाँडा क्षेत्र पार गर्दै दूधकुण्डतर्फ लाग्दै थियो । बिहानै उकालो लागेका उनीहरू पदमार्गको दोबाटोमा पुगेपछि गलत दिशातर्फ हिँडे । केही समयपछि बाटो भिरको टुप्पोमै हरायो । मोबाइल सिग्नलसमेत हराएसँगै टोली नै कामोडाँडाभन्दा माथिल्लो क्षेत्रमा बेपत्ता भयो । स्थानीय होटल व्यवसायी मिलन कार्की भन्छन्, ‘साङ्केतिक बोर्ड र दिशानिर्देश नभएपछि पर्यटकले गलत बाटो समात्ने समस्या बढ्दै गएको छ ।’ भौगोलिक कठिनाइ र कमजोर सञ्जालका कारण खोज तथा उद्धारमा स्थानीयलाई निकै कठिनाइ भएको थियो । स्थानीय पर्यटन व्यवसायी र युवाहरूको सहयोगमा मगर र उहाँका साथीहरूको करिब १० घण्टापछि उद्धार गर्न सफल भयो । दूधकुण्ड क्षेत्रमा पर्यटकहरू हराउने गरेको घटना सामान्य बन्दै गएको छ । पछिल्ला वर्षहरूमा दूधकुण्ड क्षेत्रमा बाटो भुल्ने, हराउने र उद्धारमा ढिलाइ हुने घटना बारम्बार भइरहेको स्थानीय बताउँछन् । दूधकुण्ड पुग्ने मुख्य पदमार्गमा पर्ने तीन हजार ८६० मिटर उचाइमा अवस्थित कामोडाँडा यस्ता घटनाको केन्द्रबिन्दु बनेको छ । यहीँबाट बायाँतर्फ मोडिनुपर्ने बाटो नै दूधकुण्ड पुग्ने मुख्य मार्ग हो । तर, कतिपय स्वदेशी तथा विदेशी पर्यटक सो मोड थाहा नपाएर लुक्ला जाने बाटोतर्फ उकालो लाग्ने गर्छन् । त्यसपछि उनीहरू घण्टौँसम्म जङ्गल र भिरालो भूभागमा भौतारिन्छन् । ‘पदमार्गमा स्पष्ट देखिने कुनै सङ्केत छैन । कुन बाटो कुन ठाउँ जान्छ भन्ने थाहा नहुने भएकाले धेरैजसो भ्रमणकर्ता बाटो भुल्छन्’, स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पाले भने । कमजोर नेटवर्क दूधकुण्ड क्षेत्र हिमालको फेदमा पर्ने भिरालो भूगोलमा पर्छ । यहाँ टेलिफोन सञ्जाल अत्यन्त कमजोर छ । भिरालो बाटो, हिउँले ढाकिएको पदमार्ग, कुहिरो र हावाका कारण दृश्य कम हुने भएकाले पर्यटकहरूलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ । स्थानीय मिङ्मार शेर्पा भन्छन् , ‘कसैले हरायो भने तुरुन्त खोजी सुरु गर्न सकिँदैन । नेटवर्क नै नचल्ने ठाउँ छ । उद्धारका लागि मानिस पैदलै हिँड्नुपर्छ ।’ भौगोलिक कारणले सञ्चार सम्पर्क कम्जोर हुँदा उद्धारमा कठिनाइ हुने गरेको स्थानीय जानकारहरू बताउँछन् । ‘दूधकुण्ड पुग्ने बाटो अत्यन्त कठिन छ । हिँड्दा लाग्छ हिमाल बोल्दैछ, तर बाटो देखिँदैन । बाटोमा कुनै जानकारीमूलक बोर्ड छैन ।’ सुनसरीको धरानबाट दूधकुण्ड पुगेका भक्तजन भविस्वर साम्पाङले भने । नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले भने, ‘दूधकुण्ड धार्मिकमात्र होइन, अन्तरराष्ट्रियस्तरको ट्रेकिङ र अध्यात्मिक केन्द्र बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो । तर सम्बन्धित निकायले अझै प्राथमिकता दिएको छैन ।’ धनकुटाका अमृत पौडेलले भन्छन्, ‘हामी दूधकुण्ड पुगेका थियौँ, तर बाटोमा बोर्ड नभएका कारण करिब छ घण्टा जङ्गलतिर भुल्यौँ । अहिले पनि यस्तो अवस्थामा पर्यटक हिँड्नुपर्ने ?’ दूधकुण्डः दूधजस्तो सेतो ताल र आस्थाको केन्द्र समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा अवस्थित दूधकुण्ड सोलुदूधकुण्ड नगरपालिका-१ मा पर्दछ । यो ताल नुम्बुर हिमाल (६,९५८ मिटर)को फेदमा रहेको छ । जसलाई स्थानीयले ‘नुम्बुर हिमाल माताको काख’ भन्छन् । यहाँको कुण्डमा दूधजस्तो सेतो पानी भएकाले यसलाई ‘दूधकुण्ड’ नाम दिइएको हो । प्रत्येक वर्ष जनैपूर्णिमा पर्वका समयमा हजारौँ भक्तजन यहाँ पुग्छन् । धार्मिक विश्वासअनुसार यो तालमा स्नान गर्दा पाप नाश हुने, मनोकामना पूरा हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बी सबैका लागि यो स्थान पवित्र मानिन्छ । दूधकुण्ड केवल प्राकृतिक दृश्य होइन, यो आस्थाको प्रतीक, श्रद्धा र प्रकृतिको मिलनस्थल हो । नुम्बुर हिमाल हाल खुला आरोहणका लागि अनुमति दिइएका हिमालहरूमध्ये एक प्रसिद्ध हिमाल हो । यस हिमालमा गत कात्तिक ५ गते तीन विदेशी आरोहीले पहिलोपटक सफलतापूर्वक आरोहण गरेका छन् । सेभेन समिट ट्रेकका इटालियन नागरिक हर्भ, जर्मन फेलिक्स र पोल्याण्डका आडमले १५ घण्टाको आरोहणपछि सफलतापूर्वक शिखर चुमेका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार यो आरोहणले दूधकुण्ड क्षेत्रलाई अन्तरराष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने नयाँ ढोका खोलिदिएको छ । स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पा भन्छन्, ‘नुम्बुर हिमाल, दूधकुण्ड र वरिपरिको ग्रामीण जीवनशैली एकसाथ अनुभव गर्न सकिने गन्तव्य विश्वमै दुर्लभ छ । यसलाई व्यवस्थित गर्नसके सोलुखुम्बु अर्को ‘पवित्र ट्रेकिङ सर्किट’ बन्न सक्छ ।’ सोलुदूधकुण्ड नगरपालिकाले केही वर्षअघि दूधकुण्ड पुग्ने पदमार्गमा लगानी गरेको थियो । तर त्यसपछि सूचना–साङ्केतिक प्रणाली, उचाइ जानकारी, सुरक्षा चेकपोस्टजस्ता आवश्यक पूर्वाधार निर्माण हुनसकेको छैन । नगर उपप्रमुख गान्धिमाया तामाङ भन्छिन्, ुनगरपालिकाले पदमार्ग स्तरोन्नति र प्रचारमा ध्यान दिइरहेको छ । तर विस्तृत पर्यटन नक्सा र सङ्केत प्रणाली बनाउनतर्फ भने ध्यान जानसकेको छैन ।ु उनका अनुसार यसै आर्थिक वर्षभित्र ‘दूधकुण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सङ्केत बोर्ड र पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । तर स्थानीय पर्यटन उद्यमीहरूका अनुसार योजनााई कार्यान्वयनमा ढिलाइ हुँदा परिणाम देखिँदैन । दूधकुण्ड क्षेत्रले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने क्षमता बोकेको छ । यहाँको पर्यटनले स्थानीय होटल, ढाबा, यातायात र हस्तकला उद्योगलाई प्रत्यक्ष फाइदा पुर्‍याउ सक्छ । तर, असुरक्षित पदमार्ग र सूचना अभावका कारण कतिपय पर्यटक बीचैबाट फर्किन्छन् । यदि स्थानीय सरकार र निजी क्षेत्रले संयुक्त रूपमा लगानी गरे यस क्षेत्रले धार्मिक–पदयात्रा पर्यटन र हिमाली ट्रेकिङ दुवैलाई जोड्ने राष्ट्रिय गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायी बल दर्नालको भनाइ छ । तीन तहको सरकार, एउटै दृष्टिकोण आवश्यक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा भन्छन्, ‘दूधकुण्ड सर्किट ट्रेक हिमाल, ताल र संस्कृति । यी तीनै तत्वलाई एकसाथ देखाउने दुर्लभ गन्तव्य हो । यसको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै दृष्टिकोणमा उभिनुपर्छ ।’ यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्थायी सङ्केत बोर्ड, आपत्कालीन उद्धार केन्द्र र नियमित गाइड तालिम अपरिहार्य छन् । दूधकुण्ड केवल एउटा ताल होइन । यो नेपाली पहिचान र आस्थाको हिमाली प्रतीक हो । यसको संरक्षण र व्यवस्थापन हाम्रो सामूहिक जिम्मेवारी हो । यदि समयमै सङ्केत बोर्ड, सुरक्षा पूर्वाधार र सञ्चार सञ्जालमा सुधार गरिए यो हिमाली भूभाग केवल पर्यटकको चुनौती होइन आस्थाको यात्राको गौरवशाली गन्तव्य बन्न सक्छ । यसको विकासमा सबै तहको सरकार र निजी क्षेत्रको समेत चासो हुने हो भने जिल्लाको मात्र नभई देशकै अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने निश्चित रहेको पर्यटन व्यवसायी आङ फुर्वा शेर्पाले बताए । दूधकुण्डको विकासका लागि विशेष खाका तयार गरेर अघि बढ्न सक्ने हो भने स्वदेशी तथा विदेशी धार्मिक तथा दृश्यावलोकन गर्ने पर्यटकलाई एकै स्थानमा उतार्न सकिने स्थानीय जानकारहरूको तर्क छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया प्रतिक्रिया दिनुहोस् Login to comment Remenber me Forgot password? खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस् वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस् Forgot Password? Send Password Reset Link प्रतिक्रिया 4 प्रतिक्रिया Hot Properties सम्बन्धित खबर युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’ प्रिमियर लिगमा लिभरपुलको लगातार चौथो हार पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा सुकुमबासी बस्तीमा किवानिसले वितरण गर्‍यो सरसफाइ सामग्री गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने तयारी Advertisment सिफारिस हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति बीपीलाई नेतृत्व सुम्पिने कांग्रेसको त्यो विशेष महाधिवेशन कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ? बगिया थारू सभ्यता किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट संकटमा शीतल निवासको ओत ‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’ धेरै कमेन्ट गरिएका पेट सफा कसरी राख्ने ? यी सात कुकुर जसले रच्यो नयाँ इतिहास तिहारमा झिलिमिली बत्ती बाल्दा के ध्यान दिने ? आज कागको पूजा गरिँदै, यी हुन् कागका ८ रोचक कुरा भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री छुटाउनुभयो कि ? विचार/ब्लग अन्तर्वार्ता जीवनशैली/स्वास्थ्य अन्तर्राष्ट्रिय बैंक / वित्त सूचना-प्रविधि खेलकुद लाईभ एनपीएल २०८१ ICC Men T20 World Cup 2024 Aaha RARA Pokhara gold cup Nepal Super League - 2080 अनलाइनखबर सूची चालीस मुनिका चालीस- २०८२ नेपालका ५० प्रभावशाली महिला २०८१ नेपालका ५० प्रभावशाली महिला २०८० चालीस मुनिका चालीस- २०८१ फ्रन्टलाइन हिरोज् प्रीति टु युनिकोड कन्भर्टर युनिकोड टु प्रीति कन्भर्टर विशेष शृङ्खला सहकारी संकट विशेष लघुवित्त संकट विशेष संसद् विघटन विशेष निर्वाचन २०७४ स्थानीय चुनाव २०७९ निर्वाचन २०७९ एमाले महाधिवेशन विश्वकप २०२२ दशैं-बसैं २०८१ हाम्रो टिम प्रयोगका सर्त प्राइभेसी पोलिसी अध्यक्ष तथा प्रबन्ध निर्देशक: धर्मराज भुसाल प्रधान सम्पादक: बसन्त बस्नेत सूचना विभाग दर्ता नं. २१४ / ०७३–७४ +977-1-4790176, +977-1-4796489 news@onlinekhabar.com © २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित Remenber me Forgot password? Not have account yet? Signup Now Or use Social Media? Forgot Password? Send Password Reset Link कृपया ध्यान दिनुहोस्: अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ । आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ । यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ । रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् । User Registration Form Confirm Password Display Name Phone / Mobile Or use Social Media?

दूधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदा…

सेयर मार्केट्स

English edition

सबै रिज्ल्ट हेर्नुस

ट्रेन्डिङ +

ताजा अपडेट +

Skip to content

लगातार तीनपटक स्टोन स्किपिङ च्याम्पियन बने राहुल

जीवनशैली प्रमुख

अर्नी भान्साघरमार्फत रैथाने उत्पादनलाई प्रवर्द्धन गर्दै उमेश बोहोरा

जीवनशैली प्रमुख

एक कुकुर, जसलाई ‘खुंखार आतंकवादी’ मार्ने मिसनमा पठाइयो

के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ?

चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ?

मोटोपनबाट कसरी छुट्कारा पाउने ?

अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन

सरकारले घोषणा गर्‍यो, तुइन विस्थापित भएन

निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए

प्रदेश समाचार

सुकुमबासी बस्तीमा किवानिसले वितरण गर्‍यो सरसफाइ सामग्री

अन्तर्राष्ट्रिय समाचार

हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति

सूचना प्रविधि

च्याट जीपीटीको एक कदमले गुगललाई डेढ खर्ब डलरको झट्का

जेनजी पुस्ताले राणाकालीन जेलको बारेमा पढ्यो भने के सोच्दो हो !

अन्तर्वार्ता

सबै कागजात र अभिलेख जलेको काठमाडौं प्रशासनले कसरी गर्दैछ काम ? (भिडियो)

हाम्रो नेपाल, राम्रो नेपाल

चित्ताकर्षक पाँचपोखरी (ट्राभलग)

सेयर मार्केट्स

सबै रिज्ल्ट हेर्नुस

दूधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदा…

यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्थायी सङ्केत बोर्ड, आपत्कालीन उद्धार केन्द्र र नियमित गाइड तालिम अपरिहार्य छन् । दूधकुण्ड केवल एउटा ताल होइन । यो नेपाली पहिचान र आस्थाको हिमाली प्रतीक हो । यसको संरक्षण र व्यवस्थापन हाम्रो सामूहिक जिम्मेवारी हो ।

सुवास दर्नाल

२०८२ कात्तिक९ गते ८:४०

९ कात्तिक, सोलुखुम्बु । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो ।’ ओखलढुङ्गाका डेनिस मगरले यसरी यर्थाथ सुनाए । सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दूधकुण्ड पुग्ने क्रममा मगरसहितको टोली करिब १० घण्टा बेपत्ता भएका थिए ।

गत सोमबार सल्लेरीबाट हिँडेको मगरसहितको एक टोली सोलुदूधकुण्ड नगरपालिका–१ कै कामोडाँडा क्षेत्र पार गर्दै दूधकुण्डतर्फ लाग्दै थियो । बिहानै उकालो लागेका उनीहरू पदमार्गको दोबाटोमा पुगेपछि गलत दिशातर्फ हिँडे । केही समयपछि बाटो भिरको टुप्पोमै हरायो । मोबाइल सिग्नलसमेत हराएसँगै टोली नै कामोडाँडाभन्दा माथिल्लो क्षेत्रमा बेपत्ता भयो ।

स्थानीय होटल व्यवसायी मिलन कार्की भन्छन्, ‘साङ्केतिक बोर्ड र दिशानिर्देश नभएपछि पर्यटकले गलत बाटो समात्ने समस्या बढ्दै गएको छ ।’ भौगोलिक कठिनाइ र कमजोर सञ्जालका कारण खोज तथा उद्धारमा स्थानीयलाई निकै कठिनाइ भएको थियो ।

स्थानीय पर्यटन व्यवसायी र युवाहरूको सहयोगमा मगर र उहाँका साथीहरूको करिब १० घण्टापछि उद्धार गर्न सफल भयो । दूधकुण्ड क्षेत्रमा पर्यटकहरू हराउने गरेको घटना सामान्य बन्दै गएको छ । पछिल्ला वर्षहरूमा दूधकुण्ड क्षेत्रमा बाटो भुल्ने, हराउने र उद्धारमा ढिलाइ हुने घटना बारम्बार भइरहेको स्थानीय बताउँछन् ।

दूधकुण्ड पुग्ने मुख्य पदमार्गमा पर्ने तीन हजार ८६० मिटर उचाइमा अवस्थित कामोडाँडा यस्ता घटनाको केन्द्रबिन्दु बनेको छ । यहीँबाट बायाँतर्फ मोडिनुपर्ने बाटो नै दूधकुण्ड पुग्ने मुख्य मार्ग हो । तर, कतिपय स्वदेशी तथा विदेशी पर्यटक सो मोड थाहा नपाएर लुक्ला जाने बाटोतर्फ उकालो लाग्ने गर्छन् ।

त्यसपछि उनीहरू घण्टौँसम्म जङ्गल र भिरालो भूभागमा भौतारिन्छन् । ‘पदमार्गमा स्पष्ट देखिने कुनै सङ्केत छैन । कुन बाटो कुन ठाउँ जान्छ भन्ने थाहा नहुने भएकाले धेरैजसो भ्रमणकर्ता बाटो भुल्छन्’, स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पाले भने ।

कमजोर नेटवर्क

दूधकुण्ड क्षेत्र हिमालको फेदमा पर्ने भिरालो भूगोलमा पर्छ । यहाँ टेलिफोन सञ्जाल अत्यन्त कमजोर छ । भिरालो बाटो, हिउँले ढाकिएको पदमार्ग, कुहिरो र हावाका कारण दृश्य कम हुने भएकाले पर्यटकहरूलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ ।

स्थानीय मिङ्मार शेर्पा भन्छन् , ‘कसैले हरायो भने तुरुन्त खोजी सुरु गर्न सकिँदैन । नेटवर्क नै नचल्ने ठाउँ छ । उद्धारका लागि मानिस पैदलै हिँड्नुपर्छ ।’ भौगोलिक कारणले सञ्चार सम्पर्क कम्जोर हुँदा उद्धारमा कठिनाइ हुने गरेको स्थानीय जानकारहरू बताउँछन् । ‘दूधकुण्ड पुग्ने बाटो अत्यन्त कठिन छ । हिँड्दा लाग्छ हिमाल बोल्दैछ, तर बाटो देखिँदैन । बाटोमा कुनै जानकारीमूलक बोर्ड छैन ।’ सुनसरीको धरानबाट दूधकुण्ड पुगेका भक्तजन भविस्वर साम्पाङले भने ।

नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले भने, ‘दूधकुण्ड धार्मिकमात्र होइन, अन्तरराष्ट्रियस्तरको ट्रेकिङ र अध्यात्मिक केन्द्र बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो । तर सम्बन्धित निकायले अझै प्राथमिकता दिएको छैन ।’ धनकुटाका अमृत पौडेलले भन्छन्, ‘हामी दूधकुण्ड पुगेका थियौँ, तर बाटोमा बोर्ड नभएका कारण करिब छ घण्टा जङ्गलतिर भुल्यौँ । अहिले पनि यस्तो अवस्थामा पर्यटक हिँड्नुपर्ने ?’

दूधकुण्डः दूधजस्तो सेतो ताल र आस्थाको केन्द्र

समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा अवस्थित दूधकुण्ड सोलुदूधकुण्ड नगरपालिका-१ मा पर्दछ । यो ताल नुम्बुर हिमाल (६,९५८ मिटर)को फेदमा रहेको छ । जसलाई स्थानीयले ‘नुम्बुर हिमाल माताको काख’ भन्छन् । यहाँको कुण्डमा दूधजस्तो सेतो पानी भएकाले यसलाई ‘दूधकुण्ड’ नाम दिइएको हो ।

प्रत्येक वर्ष जनैपूर्णिमा पर्वका समयमा हजारौँ भक्तजन यहाँ पुग्छन् । धार्मिक विश्वासअनुसार यो तालमा स्नान गर्दा पाप नाश हुने, मनोकामना पूरा हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बी सबैका लागि यो स्थान पवित्र मानिन्छ । दूधकुण्ड केवल प्राकृतिक दृश्य होइन, यो आस्थाको प्रतीक, श्रद्धा र प्रकृतिको मिलनस्थल हो ।

नुम्बुर हिमाल हाल खुला आरोहणका लागि अनुमति दिइएका हिमालहरूमध्ये एक प्रसिद्ध हिमाल हो । यस हिमालमा गत कात्तिक ५ गते तीन विदेशी आरोहीले पहिलोपटक सफलतापूर्वक आरोहण गरेका छन् ।

सेभेन समिट ट्रेकका इटालियन नागरिक हर्भ, जर्मन फेलिक्स र पोल्याण्डका आडमले १५ घण्टाको आरोहणपछि सफलतापूर्वक शिखर चुमेका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार यो आरोहणले दूधकुण्ड क्षेत्रलाई अन्तरराष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने नयाँ ढोका खोलिदिएको छ ।

स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पा भन्छन्, ‘नुम्बुर हिमाल, दूधकुण्ड र वरिपरिको ग्रामीण जीवनशैली एकसाथ अनुभव गर्न सकिने गन्तव्य विश्वमै दुर्लभ छ । यसलाई व्यवस्थित गर्नसके सोलुखुम्बु अर्को ‘पवित्र ट्रेकिङ सर्किट’ बन्न सक्छ ।’

सोलुदूधकुण्ड नगरपालिकाले केही वर्षअघि दूधकुण्ड पुग्ने पदमार्गमा लगानी गरेको थियो । तर त्यसपछि सूचना–साङ्केतिक प्रणाली, उचाइ जानकारी, सुरक्षा चेकपोस्टजस्ता आवश्यक पूर्वाधार निर्माण हुनसकेको छैन । नगर उपप्रमुख गान्धिमाया तामाङ भन्छिन्, ुनगरपालिकाले पदमार्ग स्तरोन्नति र प्रचारमा ध्यान दिइरहेको छ । तर विस्तृत पर्यटन नक्सा र सङ्केत प्रणाली बनाउनतर्फ भने ध्यान जानसकेको छैन ।ु

उनका अनुसार यसै आर्थिक वर्षभित्र ‘दूधकुण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सङ्केत बोर्ड र पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । तर स्थानीय पर्यटन उद्यमीहरूका अनुसार योजनााई कार्यान्वयनमा ढिलाइ हुँदा परिणाम देखिँदैन ।

दूधकुण्ड क्षेत्रले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने क्षमता बोकेको छ । यहाँको पर्यटनले स्थानीय होटल, ढाबा, यातायात र हस्तकला उद्योगलाई प्रत्यक्ष फाइदा पुर्‍याउ सक्छ । तर, असुरक्षित पदमार्ग र सूचना अभावका कारण कतिपय पर्यटक बीचैबाट फर्किन्छन् । यदि स्थानीय सरकार र निजी क्षेत्रले संयुक्त रूपमा लगानी गरे यस क्षेत्रले धार्मिक–पदयात्रा पर्यटन र हिमाली ट्रेकिङ दुवैलाई जोड्ने राष्ट्रिय गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायी बल दर्नालको भनाइ छ ।

तीन तहको सरकार, एउटै दृष्टिकोण आवश्यक

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा भन्छन्, ‘दूधकुण्ड सर्किट ट्रेक हिमाल, ताल र संस्कृति । यी तीनै तत्वलाई एकसाथ देखाउने दुर्लभ गन्तव्य हो । यसको प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै दृष्टिकोणमा उभिनुपर्छ ।’

यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्थायी सङ्केत बोर्ड, आपत्कालीन उद्धार केन्द्र र नियमित गाइड तालिम अपरिहार्य छन् । दूधकुण्ड केवल एउटा ताल होइन । यो नेपाली पहिचान र आस्थाको हिमाली प्रतीक हो । यसको संरक्षण र व्यवस्थापन हाम्रो सामूहिक जिम्मेवारी हो ।

यदि समयमै सङ्केत बोर्ड, सुरक्षा पूर्वाधार र सञ्चार सञ्जालमा सुधार गरिए यो हिमाली भूभाग केवल पर्यटकको चुनौती होइन आस्थाको यात्राको गौरवशाली गन्तव्य बन्न सक्छ । यसको विकासमा सबै तहको सरकार र निजी क्षेत्रको समेत चासो हुने हो भने जिल्लाको मात्र नभई देशकै अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने निश्चित रहेको पर्यटन व्यवसायी आङ फुर्वा शेर्पाले बताए ।

दूधकुण्डको विकासका लागि विशेष खाका तयार गरेर अघि बढ्न सक्ने हो भने स्वदेशी तथा विदेशी धार्मिक तथा दृश्यावलोकन गर्ने पर्यटकलाई एकै स्थानमा उतार्न सकिने स्थानीय जानकारहरूको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

Login to comment

Remenber me

Forgot password?

खाता खोल्नु भएको छैन ?साइनअप गर्नुहोस्

वा इमेल/सोसल मिडियामार्फत् लगइन गर्नुहोस्

Forgot Password?

Send Password Reset Link

प्रतिक्रिया 4

प्रतिक्रिया

Hot Properties

सम्बन्धित खबर

युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’

प्रिमियर लिगमा लिभरपुलको लगातार चौथो हार

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

सुकुमबासी बस्तीमा किवानिसले वितरण गर्‍यो सरसफाइ सामग्री

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने तयारी

Advertisment

सिफारिस

हिटलरलाई आदर्श मान्दै अमेरिकी युवा, सामाजिक सञ्जालमा झाँगिंदै नश्लवादी राजनीति

बीपीलाई नेतृत्व सुम्पिने कांग्रेसको त्यो विशेष महाधिवेशन

कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ?

बगिया थारू सभ्यता

किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट

संकटमा शीतल निवासको ओत

‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’

धेरै कमेन्ट गरिएका

पेट सफा कसरी राख्ने ?

यी सात कुकुर जसले रच्यो नयाँ इतिहास

तिहारमा झिलिमिली बत्ती बाल्दा के ध्यान दिने ?

आज कागको पूजा गरिँदै, यी हुन् कागका ८ रोचक कुरा

भाइटीकाको किनमेल : जरुरी हुन सक्छ यी ८ सामग्री

छुटाउनुभयो कि ?

विचार/ब्लग

अन्तर्वार्ता

जीवनशैली/स्वास्थ्य

अन्तर्राष्ट्रिय

बैंक / वित्त

सूचना-प्रविधि

खेलकुद लाईभ

एनपीएल २०८१

ICC Men T20 World Cup 2024

Aaha RARA Pokhara gold cup

Nepal Super League - 2080

अनलाइनखबर सूची

चालीस मुनिका चालीस- २०८२

नेपालका ५० प्रभावशाली महिला २०८१

नेपालका ५० प्रभावशाली महिला २०८०

चालीस मुनिका चालीस- २०८१

फ्रन्टलाइन हिरोज्

प्रीति टु युनिकोड कन्भर्टर

युनिकोड टु प्रीति कन्भर्टर

विशेष शृङ्खला

सहकारी संकट विशेष

लघुवित्त संकट विशेष

संसद् विघटन विशेष

निर्वाचन २०७४

स्थानीय चुनाव २०७९

निर्वाचन २०७९

एमाले महाधिवेशन

विश्वकप २०२२

दशैं-बसैं २०८१

हाम्रो टिम

प्रयोगका सर्त

प्राइभेसी पोलिसी

अध्यक्ष तथा प्रबन्ध निर्देशक:
धर्मराज भुसाल

प्रधान सम्पादक:
बसन्त बस्नेत

सूचना विभाग दर्ता नं.
२१४ / ०७३–७४

+977-1-4790176, +977-1-4796489

news@onlinekhabar.com

© २००६-२०२५ Onlinekhabar.com सर्वाधिकार सुरक्षित

Remenber me

Forgot password?

Not have account yet? Signup Now

Or use Social Media?

Forgot Password?

Send Password Reset Link

कृपया ध्यान दिनुहोस्:

अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।

आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।

यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।

रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

User Registration Form

Confirm Password

Display Name

Phone / Mobile

Or use Social Media?

Related Articles